दुर्घटनामा, एकको मृत्यु, तीन घाईते

१७ कार्तिक २०७५, शनिबार

दमक । झापाको कमल गाउँपालिका ३ झिलझिलेमा मारुती भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा २७ वर्षीय श्रवण कुमार शर्माको मृत्यु भएको छ,। उनी मोटरसाइकलको पछाडी बसेका थिए।
मोटरसाईकल चालक तारा शर्मा घाइते छन् । मारुती चालक सामान्य घाईते छन । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार मारुतीमा रहेकी आशा खड्कालाई समेत चोट लागेको र उनको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना कसरी भएको भन्नेबारे प्रहरीले मारुती चालकसँग सोधपुछ  गरिरहेको जनाईएको छ ।

Leave a Reply