प्रसाद ट्रेलरः विपिन र नम्रताको प्रेममा निश्चल बाधक [भिडियो]

१७ कार्तिक २०७५, शनिबार

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशन रहेको फिल्ममा अभिनेता निश्चल बस्नेत पनि प्रमुख भुमिकामा देखिएका छन्।

शुक्रबार साँझ रियालिटी सो नेपाल आइडल कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा विपिन र नम्रताको प्रेममा निश्चल बाधक बनेको देख्न सकिन्छ। प्रेम, मिलन र पारिवारिक माहोलबीच सन्तान अवाभले मानसिक रुपमा पिरोलिएका दम्पतीहरुको कथा फिल्ममा प्रस्तुत गरिएको छ।

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’को कथा सञ्चारकर्मी सुशील पौडेलले लेखेका हुन्। सुबास थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’लाई राजेश श्रेष्ठले खिचेका छन्।

लोकेश बज्राचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदीले सह-निर्देशकका रुपमा काम गरेका छन्।

Leave a Reply