जबर्जस्ती करणीको आरोपमा घिमिरे पक्राउ

१९ कार्तिक २०७५, सोमबार

 

 पोखरा ढुङ्गेपाटनका ४३ वर्षीय मीनुराज घिमिरेलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ । शनिबार सोही स्थान बस्ने एक महिलाको शयनकक्षमा गएर जबर्जस्ती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले मौखिक उजूरीका आधारमा घिमिरेलाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त घिमिरे मादी गाउँपालिका ५ मिजुरे घर भई ढुङ्गेपाटन बस्दै आएका थिए ।

Leave a Reply