डेरी उद्योगमा आगलागी

0
1130

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको एक डेरी उद्योगमा आज अपराह्न आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
ग्यास सिलिण्डर चुहिएर सल्किएको आगोले कमल डेरीमा रहेको खोया बनाउने मेसिन, भाँडाकुँडा, २०० लिटर दूध, तिहारका लागि तयार गरिएको २० किलो खोया जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो ।
––––