जीप दुर्घटनामा एक जनाको मृत्यु

२० कार्तिक २०७५, मंगलवार

सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका–३ पञ्चनमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

सो गाउँपालिका अध्यक्ष असिम राईका अनुसार घाइतेहरुको उद्धार गरी अस्पताल लगिएको छ । आज साँझ करीब साढे ६ बजे पञ्चनको पोल्मे भन्ने स्थानमा जीप खसेको जानकारी प्राप्त भएको सोलुखुम्बुका सहायक प्रजिअ टुक्ति शेर्पाले बताउनुभयो । अहिले सहायक प्रजिअ नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply