भलो होस् अपभ्रंश भई भैलो भयो :प्रा डा रामचन्द्र गौतम

२१ कार्तिक २०७५, बुधबार

पोखरा ,यतिबेला नेपालीहरुको घरआँगनमा दोश्रो ठुलो चाड तिहार भित्रिसकेको छ । टोलटोलमा केटकेटीहरु भैलोमा रमाईरहेको देखिन्छ ।   युवा समुह,आमा समुह देखि बिभिन्न संघसंस्थाहरुले  समेत भैलो कार्यक्रम को आयोजना गरि भैलो खेलीरहेका भेटिन्छन ।
लक्ष्मी पूजाको दिन  साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्ने प्रचलन छ। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

Leave a Reply