ऐतिहासिक र रणनीतिक पूर्वाधार बनाउने कुरामा सरकार र पार्टी सफल भयो :प्रचण्ड

२१ कार्तिक २०७५, बुधबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सरकारले अब जनताले देख्नेगरी काम गर्ने बताउनु भएको छ ।
पोखरामा  आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले सरकार र पार्टीको ध्यान ०७५ असोज ३ भित्र बनाइसक्नुपर्ने कानुन निर्माणमा केन्द्रित गर्नु परेकाले प्रभावकारी काम हुन नसकेको बताउनु भयो ।
तर, ऐतिहासिक र रणनीतिक पूर्वाधार बनाउने कुरामा सरकार र पार्टी सफल भएको उहाँको दाबी छ ।
कम्युनिस्टको यत्रो बलियो सरकार भएपछि जनताले पनि तुरुन्तै परिवर्तन खोजेको प्रचण्डले बताउनुभयो ।
नेतृत्व तहमा सरकारको काम र पार्टी एकता सम्बन्धी कामहरुको समीक्षा सुरु भइसकेको प्रचण्डले जानकारी दिनुभयो ।

Leave a Reply