ट्रम्पलाई झड्का : अमेरिकी तल्लो सदनमा डेमोक्र्याटको बहुमत

२१ कार्तिक २०७५, बुधबार

वासिङ्टन ।अमेरिकाको माथिल्लो सदन मानिने सिनेटमा सत्तारुढ दल रिपब्लीकन पार्टीले बहुमत ल्याउने भएको छ भने तल्लो सदनमा विपक्षी दल डेमोक्र्याटको बहुमत हुने देखिएको छ ।

मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलको बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ । राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थीत हुनलागेको हो ।

ट्रम्प शासनको जनमत सङग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियता खस्कीएको देखाएको छ । डेमोक्रयाटले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको विश्लेषण गरिएको छ ।

विभिन्न सञ्चार मध्यमले प्रतिनिधिसभामाथि नियन्त्रण गर्नका लागि आवश्यक २३ स्थानमा डेमोक्र्याटिक पार्टीले जीत हासिल गर्ने प्रक्षेपण गरिएको जनाएका छन् ।

प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो । एएफपी

Leave a Reply