बाग्लुङ बसपार्कमा हदैसम्मको लार्पबाही,सम्बन्धित निकाय मौन

२५ कार्तिक २०७५, आईतवार

पोखरा महागनरपालिका वडा नं २ स्थित बाग्लुङ्बसपार्क ,जहाँ दैनिक हजारौको संख्यामा यात्रुहरुको चहलपहल हुने गर्दछ । ब्यापार ब्यबसाय गर्नेहरुलाई पनि भ्याइनभ्याई छ। चालक सहचालक सबै आफ्नै काममा ब्यस्त देखिन्छन । टिकट काउन्टर नजिकै  यहाँ फोहोर गर्न सख्त  मनाही छ जरिवाना रु ५००० लेखिएको साइनबोर्ड  पनि देखिन्छ।  साईनबोर्ड कै आडमा फोहोरका पोकाहरुको थुप्रो पनि देखिन्छ ।  साईनबोर्ड लाई  साक्षी राखेर फोहोर संकलन ?   यो दृष्य देख्दा जो कोही लाइ अचम्मित तुल्याँउछ । कतिपय फोहोर कै कारण नाक थुनेर हिहिरहेको देख्न पाइन्छ भने कोहि साईनबोर्ड पढ्दै हाँसिरहेको पनि देखिन्छ । स्वच्छ,सुन्दर,पोखरा बनाउने महानगरको नारालाइ यो दृष्यले नराम्रोसंग ब्यङ्ग गरे झै लाग्छ । स्थानिय ब्यापारीहरुले  नै  निर्लज्ज शुल्क सहित जरिवाना तोकिएको साईनबोर्डको आडमा फोहोर थुपार्ने गरेको बाग्लुङ्ग बसपार्क स्थित  दिपेन्द्र मेडिकल्सका दिपेन्द्र तिमिल्सनाले जानकारी दिए । महानगरको  फोहोर उठाउने गाडी समयमै नआइदिदा  दुर्गन्धले पसलमा बसेर ब्यापार गर्न  समेत असहज भएको उनले बताए ।
हजारौ आन्तरिक र बाहिय पर्यटक ओहोरदोहोर गर्ने बसपार्क जस्तो ठाँउमा देखिने यस्ता दृष्यले कस्तो सन्देश दिइरहेको छ त एक पटक गम्भिर भएर सोच्न आबश्यक छ ।
यस्ता लापरबाही का बिरुद्ध सम्बन्धित निकायको समयमै  ध्यान जान जाओस ।पर्यटकिय नगरी पोखरालाइ स्वच्छ,सुन्दर बनाउन  नारा तय गरेर मात्रै पुग्दैन ,नाराको ब्यबाहारिक कार्यन्वयनमा पनि जुट्ने हो कि स्थानिय सरकार ।

Leave a Reply