चर्चाको शीखर चुम्दै चलचित्र बुलबुलको गीत

२६ कार्तिक २०७५, सोमबार

 

कुनै पनि विधाको विधागत विकासका लागि प्रवल इच्छाशक्ति भएका र सम्वन्धित विषयको अध्ययनमा पोख्त व्यक्तिहरुको समावेस गर्न सकियो भने सो विधाको विकास र विस्तारमा फड्को मार्न त्यति समय लाग्दैन।नेपाली चलचित्र क्षेत्रको एेतिहाँसिक विकासक्रम हेर्दा केहि चलचित्र वाहेक प्राय चलचित्रहरु रहरले वनाएको देख्न सकिन्छ।तर विगत केहि वर्ष देखि चलचित्र क्षैत्रमा चलचित्र विषयनै पढेका व्यक्तिहरुको सहभागिता गराई गहन अध्ययन र अनुसन्धानका साथ चलचित्र निर्माण गर्ने क्रम वढ्दै गएको छ जसले गर्दा हाम्रा चलचित्रले पनि अन्तराष्ट्रिय वजारमा समेत केहि न केहि स्थान पाउने गरेका छन्।

यतिवेला नेपालको एक मात्र प्राज्ञिक कलेज,ओस्कार इन्टरनेशनल कलेज कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल विनोद पौडेलको लेखन निर्देशनमा वनेको चलचित्र बुलबुलझको गीत निकै चर्चामा रहेको छ जसमा
टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराइएको छ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जना कोरस सहित छाँयाकन गरिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । यस गीतमा निश्चल वस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् चलचित्रमा स्वस्तिमा खडकाका अलावा नव नायक मुकुन भूषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ।

अविरल थापा,भिम थापा,राजु पौडेल र पुरुसोत्तम पाण्डेको लगानी रहेको चलचित्रमा कार्यकारी निर्माताको रुपमा रामराजा दाहाल र छायँकारको रुपमा पछिल्लो समयका चर्चित छाँयाकार सुसन प्रजापती रहेका छन्।चलचित्र बुलबुलले यस अघिनै आगामी फागुन ३ गते रिलिज डेट सार्वजनिक गरिसकेको छ भन्ने कुरा हामीलाई निर्माता अविरल थापाले वताएका छन्।

आशा गरौं चलचित्र विषयनै पढाउने संस्थाका मुख्य व्यक्तिले वनाएको सृजना अवश्य पनि राम्रो हुनेछ।हाम्रो तर्फवाट बुलबुलझयुनिटलाई शुभकामना।

Leave a Reply