बोक्सी आरोप लगाउने पक्राउ

२६ कार्तिक २०७५, सोमबार

बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार गरेको  अभियोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उहाँकी  श्रीमती र छोरीलाई प्रहरीले पक्राउ गरेको हो  ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो  । वडासचिव आचार्यले भने आफूमाथि झूठा आरोप लगाएर फसाइएको दाबी गर्नुभएको छ  ।

Leave a Reply