अपराधिक गतिविधिमा संलग्नलाई जोगाउदा सोडारीले गुमाए मन्त्री पद, कृष्ण सुबेदी मन्त्रीमा नियुक्त

२७ कार्तिक २०७५, मंगलवार

दीपेन्द्र बस्नेत धनगढी , पदीय आचरण पालना नगरी अपराधिक गतिविधिमा संलग्न हरुलाई जोगाउन पदको दुरुपयोग गरेको कारण देखाउदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम कमिटीको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदबाट हटाएपछि त्यस्को कारणका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । मन्त्री दीर्घ बहादुर सोडारीले पद विपरित आचरण पालन नगरेको कारण उनलाई पदबाट बर्खास्त गरिएको नेपाल कम्युनिस्ट पार्टी सुदुर पश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले बताए। उनले पार्टीले पटक–पटक पार्टीको नीति अनुसार काम गर्न आग्रह गरेपनि वेवास्ता गरेकाले हटाउन परेको बताए। पार्टीभित्रको गुनासो उनी विरुद्ध बढ्दै गए पछि उनलाई बर्खास्त गर्नु परेको नेकपाले जनाएको छ । मन्त्री सोडारीका विरुद्ध पार्टी भित्रै पनि गुनासो बढ्दै गएको र छानविन गर्दा पद अनुरुपको आचरण नगरेको पुष्टि भएकाले पार्टीले पदबाट फिर्ता बोलाउने निर्णय गरेको नेकपा प्रदेश अध्यक्ष थापाले बताए । उनले सामाजिक विकास मन्त्रालयका योजना सञ्चालन गर्दा पनि निकट्का कार्यकर्तालाई मात्र हेरेको आरोप पनि लागेको छ। अपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउने भुमिका मन्त्री सोडारीले गर्दै आएको र विभिन्न अपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन भुमिका खेलेकाले पनि उनको पदच्युत गरिएको श्रोतले जनाएको छ । उनले विभिन्न अपराधिक गतिविधिमा संग्लनलाई छुटाउनका लागि जिल्लाका प्रहरी अधिकारीलाई दवाव दिने गरेको श्रोतले जनाएको छ। प्रदेशमा बढ्दै गएको आलोचना मन्त्री सोडारी झण्डै ८ महिने कार्यकालमा विभिन्न घटनामा पटक पटक आलोचित बन्दै आएका थिए ।

पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट दीर्घ सोडारीलाई बर्खास्त गरिएपछि उनको सट्टामा कृष्ण सुबेदीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ । सुवेदीलाई सामाजिक बिकास मन्त्री पदको प्रदेश प्रमुख मोहनराज मल्लको उपस्तिथिमा मुख्य मन्त्री त्रिलोचन भट्टले मंगलबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन । सुवेदी तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य हुन । उनी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट प्रदेश सभामा विजयी भएका हुन्।

 

Leave a Reply