के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? छ भने सावधान !
काडमाडौँ, के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने, सडकपेटीमै बेवारिस अवस्थामा छाड्ने गर्नुभएको छ भने सावधान !
बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ । प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने छ’ भनिएको छ ।
मन्त्रालयका सहसचिव वीरबहादुर राईले ऐनमा अन्तर्राष्ट्रिय वा अन्तर सरकारी सङ्घ÷संस्था वा प्रचलित कानूनबमोजिम आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । प्रत्येक आर्थिक वर्षको अन्तिममा आफ्नो आम्दानीको १० प्रतिशत आमाबाबुलाई बुझाएको बारे सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने ऐनमा व्यवस्था छ । ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षणका लागि स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्तिले ऐनबमोजिम कसुर गरेमा निजलाई अन्य व्यक्तिलाई हुने सजायमा ३० प्रतिशत थप सजाय हुनेछ । पछिल्लो पटक आफ्ना वृद्ध बाबुआमालाई पालनपोषण गर्नुको सट्टा भएको सम्पत्ति छोराछोरीले आफ्ना नाममा गराएर आमाबाबुलाई हेला गर्ने संस्कार बढ्दै गएका कारण पनि ऐन ल्याउनुपरेको सहसचिव राई बताउनुहुन्छ । बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई मासिक कमाइको १० प्रतिशत बैंक ब्यालेन्स गरिदिनुपर्नेछ ।
जागिर गर्नेले मात्रै भन्दा पनि मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्नो बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने उद्देश्यले २०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पूर्ण कार्यान्वयन हुनसकेको छैन ।
धेरै बाबुआमा सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नुपरेको छ । नयाँपुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान, श्रीमती, छोरा÷छोरी)को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यान्वयन नभएकाले अब संशोधन भएर कार्यान्वयनमा आउनेमा शङ्का व्यक्त गर्नुभयो । विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात् कूल जनसङ्ख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करीब ८० करोड छन् । यो सङ्ख्या सन् २०५० सम्ममा दुई अर्ब नाघ्ने अनुमान गरिएको छ । देशभर हाल करीब ८० वृद्धाश्रम रहेका छन् ।
पछिल्लो समयमा संयुक्तभन्दा एकल परिवारको संस्कृति मौलाउँदै गएको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हकदाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्धमा कुनै बहानामा उजुरी गर्न नपाइने माग गर्दै आएका छन् ।
–––
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा. वि.मा वक्तृत्वकला प्रतियोगिता
२५ भाद्र २०८१, मंगलवार -
कास्कीका कार्यालयहरूबाट सम्पादन भएका कामहरूको बार्षिक समिक्षा कार्यक्रम
२५ भाद्र २०८१, मंगलवार -
पोखरा–मुग्लिन सडक विस्तारको काम छिटो गर्न मुख्यमन्त्री पाण्डेकाे निर्देशन
२५ भाद्र २०८१, मंगलवार -
फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड
२५ भाद्र २०८१, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा. वि.मा वक्तृत्वकला प्रतियोगिता
२५ भाद्र २०८१, मंगलवार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार -
साफ च्याम्पियनसीप : सेमिफाइलका खेल आज, इतिहास रच्ने दाउमा
२७ भाद्र २०७५, बुधबार
You may also like
पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा. वि.मा वक्तृत्वकला प्रतियोगिता
पाेखरा । पाेखरा नदीपुरकाे माउन्ट अन्नपूर्ण मा वि मा कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरुको बिचमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयका साहित्य कला र सङ्गीत क्लबका अध्यक्ष छात्र डेविड दुतराजको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्तृत्वकलाको महत्वमाथि प्रकास पार्दै अतिरिक्त क्रियाकलाप विभागीय प्रमुख तेज गुरुङले मानवजीवनमा बिचार सम्प्रेषणको प्रमुख माध्यम बोली भएकोले विद्यार्थीमा प्रतियोगितामा मात्र […]
कास्कीका कार्यालयहरूबाट सम्पादन भएका कामहरूको बार्षिक समिक्षा कार्यक्रम
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८० -८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले सेवा प्रवाह सहित बिकासका योजना थप प्रभाबकारी बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्कीले परम्परागत भन्दा उत्पादनमुखी प्रतिफल दिने कार्यक्रममा जोड दिन आग्रह […]
पोखरा–मुग्लिन सडक विस्तारको काम छिटो गर्न मुख्यमन्त्री पाण्डेकाे निर्देशन
पोखरा–मुग्लिन सडक विस्तारको कार्यमा भइरहेको विलम्ब प्रति गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक विस्तारको काम छिटो गर्न सरोकारवालालाई ताकेता गर्नुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत् प्राधिकरणका इकाई प्रमुखहरू लगायतको उपस्थितिमा बसेको […]
फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल र जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा जोड दिनुभएको छ। महानगरपालिकाको समन्वयमा अनुसन्धानात्मक संस्था इनोभेटिभ भिजन प्रा.लिले आयोजना गरेको ‘फेवाताल र त्यसको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि पारिस्थिततिकीय सेवा शुल्क भुक्तानी संयन्त्र स्थापनाको लागि सरोकारवाालाहरुको कार्यशाला’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको […]
कास्कीकाे अन्नपुर्ण – ८ बीरेठांटीमा १११ औं बिपि जन्मजयन्ती मनाइयाे
पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको १११ औं जन्मजयन्ती सोमबार कास्कीकाे अन्नपुर्ण गाउँपालिका -८ बीरेठांटीमा मनाइएकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद तिमिल्सिनाले जनताबाट निर्वाचित जनप्रतिधीहरुले बिपिले जस्तै जनताका पिरमर्कामा साथ दिनुपर्नेमा जाेड दिनुभयाे । क्षेत्रिय सभापति मनोज गुरुङले कास्की कांग्रेसले जिल्लाभरका ७२ वटा ईकाई […]
अन्नपुर्णको बीरेठांटीमा बिपी जयन्ती सम्पन्न
पोखरा । नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोईरालाको १११ औं जन्मजयन्ती सोमबार कास्कीकाे अन्नपुर्ण गाउँपालिका बीरेठांटीमा मनाइएकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद तिमिल्सिनाले जनताबाट निर्वाचित जनप्रतिधीहरुले बिपिले जस्तै जनताका पिरमर्कामा साथ दिनुपर्नेमा जाेड दिनुभयाे । क्षेत्रिय सभापति मनोज गुरुङले कास्की कांग्रेसले जिल्लाभरका ७२ वटा ईकाई समितीमा […]
शरीर र मन शुद्ध एवम् शान्त बनाउन शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड
पाेखरा । शरीर र मन शुद्ध एवम् शान्त वनाउनका लागि मानिसले शाकाहारी भाेजन गर्नुपर्नेमा जाेड दिईएकाे छ। बुधबार भेजिटेरियन साेसाईटी नेपालले हरितालिका तीजकाे उपलक्ष्यमा आयोजना गरेको कार्यक्रममा बाेल्ने बक्ताहरुले साे कुरामा जाेड दिनुभएकाे हाे। कार्यक्रममा बाेल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले अनुशासित जीवन बिताउनका लागि याेग,ध्यानले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।कानुनले मात्रै समाजलाई अनुशासित […]
लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु
पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले […]
कास्की काँग्रेसको अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाेखरा । भाद्र २४ गते महामानव बी पी कोइरालाको १११ औ जन्म जयन्तीलाई नेपाली काँग्रेस कास्कीले बिभिन्न कार्यक्रम गरी मनाउने भएकाे छ। जन्म जयन्तीकाे अवसरमा कास्की जिल्ला स्थित ७२ वटा एकाईमा एकै साथ एकै समयमा क्रियाशील सदस्यताको प्रमाण पत्र बितरण र प्रशिक्षण कार्यक्रम सहित भब्यरुपमा मनाउने गरि तयारी गरिएकाे नेपाली काँग्रेस कास्कीका सभापति किशोर […]
संगम सहकारीको साधारणसभा सम्पन्न
पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था पोखरा १५ ले साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा १५ का वडा अध्यक्ष एवम् संस्थाका शेयर सदस्य तोरण बहादुर बानियाँले वडा १५ कै पहिलो र ठुलो सहकारी संस्थाले गरेको प्रगतिले आफुलाई खुसी लागेको बताए । संगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नबराज तिवारीले […]
Leave a Reply
You must be logged in to post a comment.