Home समाचार विश्व मधूमेह दिवस :नेपालमा करिब १० लाख मानिसमा मधुमेह अर्थात चिनीरोग

विश्व मधूमेह दिवस :नेपालमा करिब १० लाख मानिसमा मधुमेह अर्थात चिनीरोग

0
विश्व मधूमेह दिवस :नेपालमा करिब १० लाख मानिसमा मधुमेह अर्थात चिनीरोग

काठमाडौं। हरेक वर्षको नोभेम्वर १४ लाई विश्वभर विश्व मधूमेह दिवसकारुपमा मनाईने गरिन्छ।  यस बर्ष को दिवस बिश्व समुदायले परिवार र मधुमेह भन्ने नाराका साथ मनाँउदैछ। सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम गरिदै आइएको छ।

मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ। संसारभरिका १६० भन्दा वढी देशहरु, लाखौँ संस्थाहरु, संयूक्त राष्ट्रसँघ सदस्यहरु, स्वास्थ्कर्मी अनि सेवाग्राहीहरुले यो दिवसलाई मधूमेह सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले मनाउने गर्दछन्।

विश्व स्वास्थ्य सङ्गठनको तथ्यांकअनुसार नेपालमा १० प्रतिशत मानिसमा मधुमेह देखिएको छ। मधुमेहका बारेमा नेपालमा यकिन तथ्यांक नभएपनि करिब १० लाख मानिसमा मधुमेह रोग रहेको मधुमेह बिशेषज्ञहरुले अनुमान गरेका छन। नेपालको सहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित छन्। हाल विश्वभरका ३५ करोड मानिस मधुमेहबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो संख्या वृद्धि भई ४० करोड पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ।

बिश्व स्वास्थ्य  संगठनका अनुसार सन् २०१४ मा भएको सर्वेक्षण अनुसार बिश्वभरि ४२ करोड वयस्कहरुमा मधुमेह रोग भएको पाइएको छ । सन् १९८० मा १० करोड हाराहारीमा मात्र मधुमेह रहेको   थियो । बिश्व भरिका १० मध्ये १ महिला मधुमेह को शिकार हुने गरेको छ  भनें हरेक ७ नवजात शिशुमध्ये १ ग्यास्टेशनल डायबेटिज का जन्मिने गरेका छन।

नेपालमा मधुमेह अर्थात चिनीरोगलाई बिगतमा धनीहरुको रोगका रुपमा लिइने गरेपनि  शारीरीक व्यायाममा कमी र अस्वस्थकर जीवनशैलीका कारण आम मानिसको रोग हुन थालेको छ। दैनिक खानपानमा ध्यान दिने,नियमित ब्यायाम गर्ने,तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ। खानामा कार्वोहाइडेटको मात्रा बढि,चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको संभावना हुन्छ।