सरकारले तीन वर्षभित्रमा, झोलुङ्गे पुल निर्माण गरी सक्ने

२८ कार्तिक २०७५, बुधबार

सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन वर्षमा निर्माण हुन बाँकी रहेका दुई हजार ४०० झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाइएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकको पहिलो बैठकबाट तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गर्नुभएको थियो ।
सरकारले आगामी तीन वर्षमा सर्वसाधारणको आवतजावतमा सजिलो बनाउनका लागि सबैै ठाउँमा तुइनको सट्टा र झोलुङ्गे पुल बन्न बाँकी रहेका ठाउँमा निर्माण गर्ने गरी काम अघि बढाएको हो ।
सरकारले तीन वर्षमा ती दुई हजार ४०० झोलुङ्गे पुल निर्माण प्रदेश र स्थानीय तहको सहयोगमा गर्नेछ ।

Leave a Reply