रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन सरकारसँग आग्रह

0
1158
/f]huf/L cg'dlt k|0ffnL -OlkP;_ cGtu{t ;g @)!& sf] sf]l/of efiff k/LIff ptL0f{ u/L /f]i6/df /x]sf sfdbf/nfO{ k|fyldstfsf cfwf/df sf]l/of n}hfg cfu|x ub{} efiff k/LIff ptL0f{ o'jfx? . tl:a/M czf]s l3ld/]÷/f;;

रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरूले जतिसक्दो छिटो लैजान पहल गर्न आग्रह गरेका हुन् ।
इपिएस पीडित नेपाल समूह गठन गरी उनीहरूले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
आज शान्तिवाटिकामा आयोजित कार्यक्रममा पीडित समूहका अध्यक्ष लेखराज कार्कीले सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण भएका व्यक्तिको कोरिया जाने प्रक्रिया तत्काल अगाडि बढाइनुपर्ने बताउनुभयो ।
सन् २०१७ मा भाषा परीक्षा पास गरेका कामदारको प्रक्रिया अघि नबढाई २०१८ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारलाई प्राथमिकता दिइएकाले आफूहरू अन्यायमा परेको उहाँले बताउनुभयो ।
इपिएस प्रणालीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरी भाषा परीक्षा उत्तीर्ण कामदारलाई कोरिया लगिसकेपछि मात्र नयाँ परीक्षा सञ्चालन गर्नसमेत उनीहरूले आग्रह गरेका छन् ।