निर्मला पन्त हत्यामा सुदूरपश्चिम प्रदेश सरकार गम्भीर छ

३० कार्तिक २०७५, शुक्रबार

 

भीमदत्तनगर,  सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले १३ वर्षीया निर्मला पन्त हत्यामा सुदूरपश्चिम प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको ढोका अगाडि धर्नामा बसेका निर्मलाका बुबा÷आमालाई भेट्न आज यहाँ आउनुभएका मन्त्री शाहले निर्मलाको न्यायका निम्ति प्रदेश र सङ्घीय सरकार लागि परेको जानकारी दिनुभयो ।

“दोषीलाई कारवाही गर्न सरकार आफ्नो ठाउँबाट लागेको छ ।” उहाँले भन्नुभयो, “सही अनुसन्धानबाट दोषी पत्ता लागोस्, पीडितलाई न्याय मिलोस् ।” घटनाको नयाँ ढङ्गले अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply