गौरीशंकर बिद्यार्थी मञ्च ,२०५६ मा अधिकारी

२ मंसिर २०७५, आईतवार

पोखरा ,पोखरा २५ हेमजा स्थित गौरीशंकर मा .बि बाट  २०५६ सालमा एस.एल.ली दिएका बिद्यार्थीहरु संगठित भएका छन । शनिबार हेमजाको सुन्दरपुरीमा आयोजित बिद्यार्थीहरुको भेलाले परशुराम अधिकारीको अध्यक्षतामा १३ सदस्यीय  तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सरिता तिम्सिना पगेनी,सचिबमा बलराम पौडेल,कोषाध्यक्षमा चिरञ्जीबी अधिकारी चयन भएका छन ।त्यसैगरि सदस्यहरुमा क्रमशः बुद्ध रञ्जीत,चन्द्रा कुवँर,नबराज बाँस्तोला,शिबलाल पौडेल,हरि तिम्सिना,नबराज आचार्य,लक्ष्मी सुबेदी,शंकर साप्कोटा र ईन्दीरा तिम्सिना चयन भए । बिद्यालयको समग्र बिकासमा योगदान पुर्याउने उदेश्यले समिति गठन गरिएको हो । १९ बर्ष पछि स्कुले साथिहरु संग पुर्नमिलन हुदाँ साथीहररु बिच आत्मियता बढेको सहभागीहरुले बताएका थिए। अन्तराष्ट्रिय बिद्यार्थी दिबसको अबसर पारेर गरिएको बनभोज तथा पुर्नमिलन कार्यक्रममा सहभागीहरुले आ आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए

Leave a Reply