रसुवागढी विद्युत्गृहको निर्माण तीब्रगतिमा
भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ ।
एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले बताउनुभयो ।
रसुवागढी नजिक भोटेकोशीमा बाँधबाँधी तातोपानी नजिक गोसाइँकुण्ड गापा– १ थुमनको भूभागमा १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ बाट रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढेको र समग्र रुपमा काम ७० प्रतिशत पूरा भइसकेको उक्त कम्पनीका प्रबन्धक निर्देशक माधव कोइरालाले जानकारी दिनुभयो ।
भोटेकोशी बाँधस्थलबाट विद्युत्गृहमा पानी ल्याउने हेडरेस सुरुङ सम्पन्न भई महत्वपूर्ण काम शतप्रतिशत सम्पन्न भएकाले सर्चटैंक पेनस्टक सुरुङ, विद्युत्गृहबाट पानी बाहिर निस्कने सुरुङ (आउटलेट) को काम अन्तिम चरणमा पुगेको, भोटेकोशीको बाँध स्थल र पहराभित्र बालुवा थिग्र्र्याउने तीन वटा पोखरीको निर्माण कार्य पनि धमाधम अगाडि बढिरहेको बताइएको छ ।
सन् २०२० को फ्रेबु्रअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने कम्पनीको लक्ष्यबमोजिम सुरुङ संरचना निर्माण गर्न कार्यरत चिनियाँ ठेकेदार कम्पनी सि डब्लु इले अह्रोरात्र काम गरिरहेको र निर्माणमा ८०० भन्दाबढी कामदार कार्यरत रहेको आयोजनाले जनाएको छ ।
रु १३ अर्ब ६४ करोड ४० लाख अनुमानित लागत रहेको विद्युत् आयोजना सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । काम गर्दै गर्दा विगतमा भएको इन्धनको अभाव विसं २०७२ को विनाशकारी भूकम्प त्यसपछिका परकम्प र सामान ढुवानी गर्र्ने राजमार्गमा पहिराको अवरोध, भोटेकोशीमा आएको बाढी जस्ता कारणले आयोजना सम्पन्न गर्ने समयावधि बढेको बताइएको छ । असहज काम सबै सकिएकाले कम्पनीले लिएको लक्ष्यबमोजिम सन् २०२० को फेब्रुअरीभित्रै सम्पन्न गरिने कम्पनीका प्रबन्धक निर्देशक कोइरालाले बताउनुभयो ।
आयोजनाको कार्यमा ३० भन्दाबढी प्राविधिक कार्यरत छन् । वातावरणीय हिसाबले अत्यन्तै राम्रो र भरपर्दाे विद्युत् आयोजना रसुवागढी जलविद्युत् हुने बताउँदै वातावरणविद् तथा जनसम्पर्र्क प्रमुख तेज साउथले निर्माण काम गरुञ्जेल बाहिर सतहमा केही असहज भएको तर निर्माणको संरचना सबै भूमिगत भएकाले भोटेकोशीको बाढी, ठाडो भिरको पहिरो, चट्याङ र भूकम्प जस्ता प्रकोपले कुनै असर नगर्ने जानकारी दिनुभयो ।
विद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दामाथि सामाजिक काममा सहयोग गरिरहेको र खैदी मोटर बाटो निर्माण गर्ने प्रतिबद्धता जाहेर गरिसकेको बताउँदै टिमुरे घट्टेखोला निवासी समाजसेवी सोनाम वाङ्दी तामाङले भन्नुभयो, “सामाजिक उत्तरदायित्वका सवालमा राम्रो काम भएको छ । कुनै आकस्मिकरुपमा परी आउने सहयोगलाई समेत निरन्तरता दिई आयोजनाले सद्भाव राम्रो कायम गरेको छ ।”
आयोेजनाले थुमन र टिमुरेका ७५ जनालाई मासिक रोजगारी दिएको छ तीमध्ये छ जना अधिकृतस्तरमा कार्यरत छन् । स्वस्थ्य क्षेत्रमा सहज पार्न रसुवागढी आयोजनाले टिमुरे तथा थुमनको स्वास्थ्य चौकीमा एक÷एक नर्स विद्यालयका लागि दुई÷दुई जना शिक्षकको व्यवस्थापन गर्नुका साथै टिमुरेको तातोपानी पोखरी निर्माण, गाउँको भित्री सडक निर्माण, फोहर डिस्पोजल एवं ट्र्याक्टर व्यवस्था, रोङ्गा थुमन १३ किमी ग्रामीण सडक र थुमनमा बौध गुम्बा निर्माण गरिसकेको छ ।
आयोजनाले जैविक विविधता संरक्षणअन्तर्गत आयोजनाका क्षेत्रमा दुई हजार ७०० बिरुवा रोपण गर्नुका साथै रोपणका लागि छ हजार बिरुवा तयारी गरिसकिएको र लाङ्टाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित कार्यालय भवन निर्माणसमेत सम्पन्न गरिसकिएको आयोजनाका वातावरणविद् साउथले बताउनुभयो ।
प्रभावित क्षेत्रका गाउँलाई उज्यालो पार्न टिमुरे, खैदी, थुमन, दालफेदी मेन्दो, तार्सा, लिङलिङ गाउँमा विद्युतीकरणको कामसमेत सम्पन्न गरिसकेको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।
यस्तै सुरक्षा निकायलाई सहयोग गर्ने उद्देश्यले सीमा प्रहरी चौकी एवं सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म टिमुरेलाई एक÷एक वटा क्वाटर निर्माण गरिएको छ ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
आठौं पर्वतीय महोत्वस मंसिर २२ गतेदेखि २६ गतेसम्म मनाइने
१३ मंसिर २०८०, बुधबार -
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
१३ मंसिर २०८०, बुधबार -
भूकम्प पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन ध्यानाकर्षण
८ मंसिर २०८०, शुक्रबार -
एकल महिलाकाे लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न
८ मंसिर २०८०, शुक्रबार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
आठौं पर्वतीय महोत्वस मंसिर २२ गतेदेखि २६ गतेसम्म मनाइने
पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने भएको छ । आठौं संस्करणको उक्त महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैह्रोमा हुने भएको हो । यसअघि महोत्सव ३ दिन मनाइँदै आइएको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ […]
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पोखरा । गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणकालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सर्वोच्च अदालतले २०८० असार ४ गते गरेको फैसला कार्यान्वयनकालागि गठित समितिको सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, पश्चिम […]
भूकम्प पीडित सुत्केरी, नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन ध्यानाकर्षण
काठमाडौं । जाजरकोट भूकम्प पीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) र राष्ट्रिय महिला आयोगले संयुक्तरुपमा गृह मन्त्रालय लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् । विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरुले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइएको […]
एकल महिलाकाे लागि नेतृत्व विकास कार्यक्रम सम्पन्न
पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा पाेखरामा २ दिन सम्म संचालन भएको एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम आज सम्पन्न भएको छ। तालिम समापन कार्यक्रममा बाेल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले पितृसत्तात्मक साेचका कारण अझै पनि समाज लैङ्गीक समतामूलक बन्न नसकेको वताउनुभयाे। राज्यले व्यवस्था गरेका हक अधिकार प्राप्तिका लागि समेत एकल महिलाले थुप्रै […]
एकल महिलाकाे लागि नेतृत्व विकास कार्यक्रम पाेखरामा सुरु
पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम बिहिवार देखि पाेखरामा सुरु भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेशका सचिव बद्रिनाथ अधिकारीले एकल महिलाले समाजको नेतृत्व गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभयो । अझै पनि एकल महिलालाई घर परिवार र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रति दुख […]
एकल महिलाका लागि नेतृत्व विकास कार्यक्रम पाेखरामा सुरु
पाेखरा।सामाजिक विकास कार्यलय कास्कीको आयोजनामा एकल महिलाहरुकाे लागि नेतृत्व विकास कार्यक्रम बिहिवार देखि पाेखरामा सुरु भएको छ।कार्यक्रमकाे उद्घाटन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेशका सचिव बद्रिनाथ अधिकारीले एकल महिलाले समाजको नेतृत्व गर्दै अघि बढ्नुपर्नेमा जाेड दिनुभयो । अझै पनि एकल महिलालाई घर परिवार र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको प्रति दुख […]
स्थानीय तह, प्रदेश र संघको सहकार्य बिना संघियता मजवुत नहुनेमा जोड
गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ निर्णय गरेको छ । बैठकमा सदस्यहरुले स्थानीय तह, प्रदेश र संघको सहकार्य बिना संघियता मजवुत नहुने भन्दै संविधानको मर्म अनुसार सहकार्य, सह अस्तित्व र समन्वय हुनुपर्ने बताए । प्रदेश, स्थानीय तह […]
चित्राको मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज
पोखरा । पाँच वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा लगानी गर्दै आएका सन्तोष अधिकारी अभिनय मार्फत आउने भएका छन् । आमा, घर लगायतका सिनेमामा निर्माताको भूमिकामा काम गरिसकेका अधिकारी अभिनित सिनेमा “चित्रा” आगामी पौष २७ गते रिलिज हुँदैछ । सिनेमाको छायाँकन सकेर सम्पादनको काम भइरहेको अधिकारीले जानकारी गराएका छन् । चित्रा बाबुछोरीको कथा हो । पछिल्लो समय […]
आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदातालाई सम्मान तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने
पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराको कर सप्ताह कार्यक्रम शुक्रबारदेखि पोखरामा सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले जानकारी दिए । कर सप्ताहमा करदाता शिक्षा, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा […]
प्रेस युनियनद्वारा १५ विभाग गठन, विभागीय जिम्मेवारी तोकियो
काठमाडौं । नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन् । प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन– २०७९) परिच्छेद ४, धारा २८ बमोजिम नेपाल प्रेस युनियनका १५ वटा विभिन्न विभागहरू गठन गरिएको हो । प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.ले […]
Leave a Reply
You must be logged in to post a comment.