विवाहपछि यस्तो देखियाे दीपिका–रणवीरकाे जाेडी

४ मंसिर २०७५, मंगलवार

भर्खरै इटालीमा विवाह सम्पन्न गरेका भारतीय चर्चित जोडी दीपिका पादुकोण र रणवीरले विवाहलगत्तै तस्वीरहरु गोप्य राखे। विवाह मण्डपदेखि त्यहाँभित्र अबलम्वन गरिएका प्रक्रिया सार्वजनिक गर्न कडाइ  गरियो।

लामो समय प्रेममा रहेका उनीहरुले विवाहपछि आफ्नो सामाजिक सञ्जालबाट ३ वटा मात्र फोटो सार्वजनिक गरे। विवाहपछि दीपिका रणवीरको घरमा भित्रिसकेकी छन्।

अहिले उनीहरुका केही फोटा सार्वजनिक भएका छन्। ६ वर्षको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका थिए। बलिउडमा यो नै वर्षको ठूलो विवाह समारोह भएको थियो।

१४–१५ नोभेम्बर इटालीको सुन्दर सहरमा उनीहरुको भव्य वैवाहिक कार्यक्रम चले पनि उनका फ्यानहरु तस्वीर हेर्नबाट बञ्चित भएका थिए।

प्राकृतिक सुन्दरताले भरिपूर्ण इटालीको लेक कोमोमा विवाह समारोह आयोजना भएको थियो। यसअघि बलिउडकी चल्तीकी हिरोइन अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीले पनि इटालीमै विवाह गरेका कारण उनीहरुको उक्त समारोह कैद गर्ने धेरैको दीपीका–रणवीरका प्रतिबन्धका कारण इच्छा मरेको थियो।

इटालीको सहर लेक कोमोमा उनीहरु एक अर्काको भएका थिए। यो सहर पहिलो क्लासका सेलिब्रिटी जर्ज क्लुनी,  म्याडोना र रिचर्ड ब्रेन्सनका बारेमा चर्तित छ।

Leave a Reply