सर्वोत्कृष्ठ कर्मचारीको दौडमा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्य

४ मंसिर २०७५, मंगलवार

टीकापुर, इन्टेग्रीटी आइडल नेपाल २०१८ का लागि भोटिङ गरिदिन टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य
आग्रह गरेका छन । एकाण्टबेलीटी ल्याबले सञ्चालन गरेको सर्वोत्कृष्ठ कर्मचारीको
दौडमा उनी पाँचौमा पर्न सफल भएका छन ।
तिनै पाँच जना उत्कृष्ठ
कर्मचारी मध्येबाट भोटिङका आधारमा सर्वाधिक भोट प्राप्त गर्ने एकले सर्वोत्कृष्ठ
कर्मचारी हुनेछन ।
आचार्यलाई मोवाइल म्यासेज र
वेभसाइडमार्फत भोट गर्न सकिनेछ । भोटिङ अवधि मंसिर १७ गते राति १२ बजेसम्म तय
गरिएको छ । प्रतिस्पर्धामा अन्य चार जना समेत रहेका छन । सबैभन्दा बढी भोट प्राप्त
गर्ने व्यक्तिलाई मंसिर २१ गते एक समारोहकाबीच सर्वोत्कृष्ठ कर्मचारीमा रुपमा
घोषणा गरिने आयोजक एकाण्टबेलीटी ल्याबले जनाएको छ ।
यो संस्थाले सन् २०१४ बाट
सरकारी कर्मचारीहरुबीच यस्तो प्रतिस्पर्धा गर्न थालेको हो । प्रमुख प्रशासकीय
अधिकृत आचार्यले आफूलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर क्यापिटल आईआईएन
टाइप गरेर स्पेस दिई २ टाइप गरी ३४००१ मा सेन्ड गर्नुपर्ने बताए । उनले एउटा
सिमबाट एक पटक मात्रै भोट गर्न सकिने जानकारी दिए ।
उनलाई http://www.integrityidol.org/countries/nepal/ मार्फत समेत भोटिङ गर्न सकिनेछ ।
प्रमुख प्रशासकीय अधिकृत
आचार्यले जाजरकोट, सुर्खेत, जुम्ला, बाँके लगायतका जिल्लामा रहेर काम गरेका छन । उनले केही समय राष्ट्रपतिको कार्यालयमा समेत सहायक प्रवक्ताका रुपमा काम गरिसकेका छन ।

Leave a Reply