बिश्व मत्स्य दिवसको अवसरमा फेवातालमा माछाका भुरा छाडियो

५ मंसिर २०७५, बुधबार

 

कास्की पोखराको फेवातालमा माछाका १० हजार भुरा छाडिएको छ ।बिश्व मत्स्य दिवसको अवसर पारेर पोखरा  महानगरपालिकाका उप मेयर मञ्जुदेबी गुरुडले तालमा माछाका भुरा छाडेकी हुन ।कार्यक्रममा बोल्दै गुरुडले तालमा बिषादिको प्रयोग र करेन्ट लगाएर माछा मार्ने काम रोक्न आग्रह गरिन ।उनले  स्थानीय प्रजातिका माछा लोपोन्मुख अबस्थामा पुगेकाले माछाको संरक्षणमा सबै जुट्नु पर्ने बताइन ।
महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले महानगरले स्थानीय प्रजातिका माछा र जलारी समुदायको संरक्षणका लागि आबश्यक योजना बनाएर काम गरिने बताए ।
मत्स्य अनुसन्धान केन्द्र पोखरा,हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समुह संयुक्त आयोजनामा कार्यक्रम भएको  हो ।

Leave a Reply