ग्रासरुट फुटसल फेस्टिवल

७ मंसिर २०७५, शुक्रबार

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अन्तर्गतको फुटसल समितिले एशियाली फुटबल महासङ्घ (एएफसी) ‘ग्रासरुट फुटसल फेस्टिवल’ आयोजना ग¥यो ।

एन्फाद्वारा गठित फुटसल समितिले आज बिहान एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘फुटबल फर अल’ भन्ने मूल नारासहित फेस्टिवलको आयोजना गरेको हो । एक दिने फेस्टिवलमा १०० जना बालबालिकाले सहभागिता जनाएका थिए ।

सो अवसरमा एन्फाका प्रशिक्षकले बालबालिकालाई फुटसलको प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागी हुन एएफसीका फुटसल समितिका प्राविधिक प्रमुख अली ताघोलिजादेह र ‘सिनियर डेभलपमेन्ट अफिसर’ ज्याकोब बिग्स अहिले नेपालमा हुनुहुन्छ । दुबै अधिकारी फुटसल फेस्टिवलका लागि चार दिने नेपाल भ्रमणमा आउनुभएको फुटसल समितिका संयोजक दावा लामाले जानकारी दिनुभयो । सो अवसरमा संयोजक लामाले फुटसल लिग चाँडै आयोजना गर्न लागेको जानकारी दिनुभयो । “कार्यक्रममा एएफसीको प्रतिनिधिको उपस्थितिले समितिलाई हौसला मिलेको छ, यो कार्यक्रम हुनु हाम्रा लागि सुवर्ण अवसर पनि हो । हामी चाँडै फुटसल लिग गर्ने योजनामा छौं”–संयोजक लामाले भन्नुभयो ।

Leave a Reply