सङ्घीय निजामती ऐन चाँडै आउछ :मन्त्री पण्डित

८ मंसिर २०७५, शनिबार

बनियानी,  : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती ऐन चाँडै आउने बताउनुभएको छ ।

झापाको अर्जुनधारामा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिना अघिदेखि मन्त्रिपरिषद्मा निजामती ऐनका विषयमा भइरहेको छलफल सकिएपछि सार्वजनिक गर्ने बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका राष्ट्रसेवक कर्मचारीको सेवा–सुविधा पनि फरक बनाउने तयारीमा सरकार रहेको छ भन्नुभयो ।

मन्त्री पण्डितले प्रतिपक्षी दल काङ्ग्रेसले सरकार असफल भयो भन्नुमा कुनै तुक नरहेको उल्लेख गर्दै सरकारमा भएका बेला बिगारेको काम वर्तमान सरकारले सपार्दै गरेको दावी गर्नुभयो । यसैबीच, मैथली समाज अर्जुनधाराले मन्त्री पण्डितलाई कदरपत्रसहित सम्मान गरेको छ ।
–––

Leave a Reply