‘लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’

९ मंसिर २०७५, आईतवार

चाँदनी आचार्य

कैलाली,  ‘लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ अन्तराष्ट्रिय महिला हिंसा बिरुद्धको १६ दिवसीय अभियान दिवसको अवसरमा आज घोडाघोडि नगरपालिकाले प्रभातफेरि कार्यक्रम गरेको छ ।

महिला हिंसा विरुद्दको अभियान सफल पारौ,लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार  लगायतका नारा लेखिएका  ब्यानर सहित आमासमुह, महिलासञ्जाल, नगर बालसंजाल, नगर युवा संन्जाल, शिक्षक,विद्यार्थी , जनप्रतिनिधि, नगरवासि लगायतको  कार्यक्रममा सहभागिता रहेको थियो ।

नगरपालिका कार्यालयवाट शुरु भएको र्याली सुख्खड वजार परिक्रम गरि वजार चोकमा समापन भएको थियो । समापन कार्यक्रममा नगर प्रमुख ममता प्रसाद चौधरि र उपप्रमुख प्रेम कुमारि थापाले संवोधन गरेका थिए । महिला हिंसा विरुद्दको १६ दिने अभियानलाई सफल बनाउन विभिन्न सचेतनामुलक कार्यक्रम गरिने बताईएको छ  ।

Leave a Reply