गोली प्रहारबाट हत्या गरिएका युवा नेता राजावाबुको दाह संस्कार

९ मंसिर २०७५, आईतवार

कपिलवस्तु,  शुद्धोधन गाउंपालिका ४ मोतीभारीमा गोली प्रहारबाट शुक्रवार हत्या गरिएका नेकपाका युवा नेता राजावाबु भन्ने दीपेन्द्र कुमार चौधरीको आज दाह संस्कार गरिएको छ ।
शुक्रवार राती गोली प्रहारबाट हत्या गरिएका स्थानीय ३० वर्षीय युवा नेता चौधरीको स्थानीय साधु घाटमा पार्टी सम्मान सहित दाह संस्कार गरिएको छ । नेकपाका प्रदेश नं. ५ का नेता बलराम अधिकारी लगायतले मृतक चौधरीको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम सम्मान प्रकट गरेका थिए । दाह संस्कारमा मृतक चौधरीका परिवार, आफन्तजन, शुभेच्छुक र सर्वसाधारणहरुको ठुलो उपस्थिति रहेको थियो ।
मृतक परिवारबाट ६ जना उपर कर्तव्य ज्यानको किटानी उजुरी परेको छ । हत्याको विरोधमा शनिवार मृतक चौधरीका आफन्तजन, शुभेच्छुक र कार्यकर्ताहरुले मुख्य आरोपी पाण्डेयको घर आगजनी गरी पूर्ण रुपमा ध्वस्त पारेका छन् । आगजनीका कारण करीब २ करोड रुपैया बढीको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply