मिसवर्ल्डमा श्रृंखलाका १५ प्रतिस्पर्धी : कवयत्रीदेखि ‘बक्सर’सम्म

११ मंसिर २०७५, मंगलवार

चीनमा आगामी ८ डिसेम्बरमा ६८ औं मिस वर्ल्डको फाइनल राउण्ड हुँदैछ । नेपालकी सुन्दरी श्रृंखला खतिवडाले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाइरहेकी छन् ।

यसपालि मिस वल्र्डका दाबेदारहरुको चर्चा गर्दा श्रृंखलाको नाम कसैले पनि छुटाएको पाइँदैन । यूट्युव, अनलाइन पोर्टल र ब्लगहरुले बिजेताको पूर्वानुमान गर्ने क्रममा उनलाई अग्रस्थानमा राखेका छन् । मल्टिमिडिया अवार्डका लागि भइरहेको अनलाइन भोटिङमा त श्रृंखला अरु प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।

२३ वर्षकी श्रृंखलाले उपाधि जित्न नेपालमा चर्चा भएजस्तो सहज भने छैन । अनलाइन भोटिङमार्फत मल्टिमिडिया अवार्डको विजेता बनेको खण्डमा प्रतियोगिताको सेमिफाइनलमा पुग्ने बाटो सहज हुनेछ । तर, त्यसपछि सबै उनकै बलबुँतामा भर पर्छ ।

यहाँ हामी विभिन्न यूट्युव च्यानल र अनलाइनहरुले चर्चा गरेका मिस वर्ल्डका प्रमुख १५ दाबेदारहरुको संक्षिप्त परिचय प्रस्तुत गर्दैछौं ।

श्रृंखलाका प्रतिस्पर्धीहरु कविदेखि बक्सरसम्म छन् ।

 

Leave a Reply