१३ हलमा ‘छक्का पन्जा ३’को ५१ दिन (हेर्नुस भिडियो सहित )

१३ मंसिर २०७५, बिहीबार

देशभरका १३ हलमा दशैंको घटस्थापनाबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको छ । नेपाली चलचित्रले ५१ दिन मनाएको सुन्न हिजोआज लामै समय पर्खिनुपर्छ । गतबर्ष चलचित्र ‘छक्का पन्जा २ र शत्रु गते’ले ५१ दिन मनाएका थिए । यो चलचित्र काठमाण्डौका मल्टिप्लेक्समा ५१ दिनसम्म प्रदर्शन भैरहेको छ ।

चलचित्रको टिम आज बिहानै वीएसआर हलमा पुगेको छ । यो हलमा कुनै नेपाली चलचित्रले पहिलो पटक ५१ दिन मनाएको हो । दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा’ले १०१ दिन, ‘छक्का पन्जा २’ले ५१ दिनको रेकर्ड राखिसकेका छन् ।

अहिलेसम्मकै सर्वाधिक कमाई गरेको यो चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाँई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply