चार वर्ष नियमित सम्भोग गर्दापनि महिला भर्जिन!

१३ मंसिर २०७५, बिहीबार

एक चिनिया दम्पत्ति बिहे गरेको चार वर्ष भैसक्दा पनि बच्चा नजन्मिएका कारण चिन्तित थिए । चार वर्षदेखि नियमित रुपमा सेक्स गरिरहँदा पनि गर्भ नबसेपछि उनीहरु उपचारका लागि डाक्टरकोमा गए ।

तर जब उनीहरु डाक्टरकोमा गए, तब निकै अनौठो तथ्य पत्ता लाग्यो । चार वर्षदेखि आफ्नो लोग्नेसँग नियमित सेक्स गरेको भनिएकी ती महिला वास्तवमा कुमारी अर्थात् भर्जिन निस्किइन् ।

चीनको मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार यो यसकारण सम्भव भयो कि उक्त दम्पत्तिले गर्भाधारणका लागि कहिल्यैपनि सेक्स गरेन ।

२६ वर्षका पति र २४ वर्षकी जवान पत्नीले आफ्नो समस्याका बारेमा बताउँदा डाक्टरहरु नै अचम्ममा परे । वास्तवमा ती लोग्नेस्वास्नीमा सेक्सको बारेमा निकै अनभिज्ञता रहेको पाइयो । महिलाका अनुसार उनका लागि सेक्स निकै पीडादायक हुने गरेको छ । सेक्सका क्रममा उनलाई निकै नै दुखाई महसुस हुने गर्दछ । तर यस्तो दुखाई महसुस हुने कारण भने अर्कै रहेको पाइयो ।

ती लोग्नेस्वास्नीले प्राकृतिक सम्भोग गर्दा रहेनछन् । उनीहरुले गुँदामैथुन, मुखमैथुन तथा हस्तमैथुन जस्ता अप्राकृतिक यौनक्रिडाहरु गर्दा रहेछन् । गर्भ रहनका लागि योनी र लिंगबीचमै सेक्स हुनुपर्दछ भन्ने कुरा त्यो दम्पत्तिमा जानकारी नरहेको थाहा पाउँदा डाक्टरहरु नै अचम्ममा पर्नु स्वभाविकै हो ।

यसरी प्राकृतिक रुपमा यौनांग सम्भोग नगरी अप्राकृतिक यौनक्रिडा गरेकै कारण पत्नी चाहीँ चार वर्षको नियमित यौनक्रिडापश्चात् पनि वास्तवमा भर्जिन रहन सफल भइन् ।

त्यस्तो थाहा पाएपछि ती दम्पत्ति लाजले रातोपिरो भए । डाक्टरहरुले उनीहरुलाई गर्भाधारण गर्ने उपायहरुको बारेमा मनग्गे सल्लाह सुझाव दिएर पठाए । एजेन्सी

Leave a Reply