हावाबाट बिजुली निकाल्ने तयारी

१४ मंसिर २०७५, शुक्रबार

धनबहादुर ठाडा (मित्याल) 

 पाल्पा निस्दी गाउँपालिका वडा न. ४ मित्यालमा २५ किलोवाट क्षमताको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । बैकल्पिक उर्जा प्रवर्धन केन्द्र नेपाल र निस्दी गाउँपालिका मित्यालको संयुक्त लगानीमा बिजुली उत्पादन गर्न लागिएको हो ।

मित्यालको रुक्सेभन्ज्याङ डाँडामा हावामा पंखा घुमाएर निकालिने बिजुलीको अहिले तिब्र गतिमा काम भइरहेको छ । २५ किलोवाट क्षमताको उत्पादन हुने बिजुली मित्यालको रुक्सेभन्ज्याङ , झ्यालतुङ , मौलाथर , काफलका करिब १ सय ८० घरधुरी लगायत गाउँपालिका केन्द्र मित्यालमा रहेका सरकारी कार्यालयहरुमा वितरण गरिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए ।

अहिले पंखा राख्ने ठाउँमा काम भइरहेको र लगत्तै घर घरमा विद्युत वायरिङको काम सकिएपछि यसै बर्षा भित्र पुरै गाउँ झिलिमिली बनाउने मित्याल वायु तथा सौर्य उर्जा उपभोक्त समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताए । निर्माण सम्बन्धि कामको जिम्मा कृष्ण गृल एण्ड इन्जिनियरिङ वर्क प्रालि बिराटनगरले लिएको छ । स्मरण रहोस मित्यालमा आजभन्दा १० महिना अगाडि १ हजार २ सय वाट क्षमताको हावाबाट बिजुली उत्पादन गर्न सफल भएको थियो ।

Leave a Reply