राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा, राजदूत रमेशप्रसाद खनालले स्वागत गर्नुभयो

0
766
/fi6«klt e08f/L kf]Nof08df jf;f{, kf]Nof08, /fi6«klt ljBfb]jL e08f/L sf]k @$ sf] ljZj ;Dd]ngnfO{ ;Djf]wg ug{] l;nl;nfdf kf]Nof08sf] /fhwfgL jf;f{ cfOk'Ug'eof] . kf]Nof08sf nflu g]kfnL /fhb't /d]zk|;fb vgfnn] rf]lkg jf;f{ cGt/f{li6«o ljdfg:yndf :jfut ug{'eof] . t:jL/M ljz]if k|ltlglw Zofdn clwsf/L kf]Nof08df /f;;

 

– विशेष प्रतिनिधि श्यामल अधिकारी

वार्सा, पोल्याण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो ।

उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

उहाँका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि हुनुहुन्छ । परराष्ट्र मन्त्रालय, वातावरण र सञ्चार क्षेत्रका विज्ञलगायतका उच्च अधिकारी पनि यसैक्रममा वार्सा आइपुग्नुभएको छ ।

राष्ट्रपति भण्डारीले विश्वका १९६ मुलुकका सहभागीलाई जलवायु परिवर्तनसम्बन्धी नेपालको आधिकारिक धारणा बताउनुहुने कार्यक्रम रहेको छ । कार्यक्रमकै बीच राष्ट्रपतिले पोल्याण्डका समकक्षी आन्द्रेइ सेवास्टियन दुदासँग भेटवार्तासमेत गर्नुहुनेछ ।

यसअघि राष्ट्रपति भण्डारी कतारको राजधानी दोहा पुग्नुहुँदा हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत गायत्रीबहादुर पौडेललगायतका अधिकारीले स्वागत गर्नुभएको थियो ।