महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ : मन्त्री चौधरी

३० बैशाख २०८१, आईतवार

  काठमाडौँ  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानूनहरूलाई संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । महिला सुरक्षा दबाब समूहले आज काठमाडौँमा आयोजना गरेको “लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनेका कानूनहरूमा भएका कमी कमजोरीहरू र समाधानबारे सरोकारवालाहरूसँग राष्ट्रिय संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।‘महिलासँग सम्बन्धित कानूनहरू […]

वियाेगीलाई श्रीलाेचन पुरस्कार

३० बैशाख २०८१, आईतवार

पाेखरा  ।  छन्द बचाऊँ अभियानका नायक माधव वियाेगीलाई श्रीलाेचन साहित्य पुरस्कार प्रदान गरिने भएकाे छ । सुदूर पश्चिमान्चल साहित्य समाज धनगढीद्वारा संचालित साे पुरस्कार छन्दाेबध्द कविताकाे पुनर्जागृतिका लागि अथक प्रयत्नद्वारा याेगदान दिए बापत प्रदान गर्न लागिएकाे हाे । अाज गरिएकाे घाेषणा अनुसार समाजद्वारा अन्य स्रष्टाहरू पनि सम्मानित हुने भएका छन् । छन्दनायक वियाेगी विगत दिनमा […]

फेवातालमा जलकुम्भी सरसफाई अभियान

३० बैशाख २०८१, आईतवार

 पोखरा । फेवातालमा हरेक बर्ष गरिने जलकुम्भी सरसफाई अभियान पोखरा-१८ खपौदी ढल्केबर स्थित फेवतालमा    शुरु भएको  छ।    वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी” भन्ने मुल नाराका साथ  सफाइ अभियान अन्तरगतको शुभारम्भ कार्यक्रम आज  नागरिक महाअभियान कास्कीका संयोजक समेत रहेका राम बहादुर पौडेलको अध्यक्षतामा र सशस्त्र प्रहरी बल […]

पुतलीबजारमा उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण

२९ बैशाख २०८१, शनिबार

पुतलीबजार नगरपालिका वडा नं. १ अन्र्तगतको वडा स्तरीय महिला संजालले २ दिने उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले संबिधानमा ब्यवस्था भएका महिलाका हक अधिकार प्राप्तिका लागि महिलाहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाले क्षमता बृद्धिसंगै कानूनका बारेमा साक्षर हुने अवसरको सही सदुपयोग गर्न सहभागीलाई सुझाव […]

वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण

२५ बैशाख २०८१, मंगलवार

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क नेटवर्क प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई सहयोग गरेको छ । कास्की ट्राफिकको अनुरोधका आधारमा ६५ थान ट्राफिक व्यवस्थापनका लागि सहयोगी सामाग्री आइतबार वर्ल्ड लिङ्क, पोखराले प्रदान गरेको हो । कम्पनीका गण्डकीका पब्लिक रिलेशन म्यानेजर युसफ श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्मालाई […]

पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

२५ बैशाख २०८१, मंगलवार

  पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गर्ने आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा उनलाई उक्त विधाबाट नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने भएको हो ।   प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा मञ्च अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले […]

चलचित्र पत्रकार संघ कास्कीको २०८१ सालको भित्तेपात्रो विमोचन

२५ बैशाख २०८१, मंगलवार

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले गरेका कामको प्रशंसा गरिन् । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको भनाई उनको छ […]

साईवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रम

२४ बैशाख २०८१, सोमबार

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा साईवर अपराध सम्वन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र बगरले माछापुच्छ«े गाँउपालिका–२ स्थित माछापुच्छ«े माविमा साईवर अपराध सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा माछापुच्छ«े माविमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थी […]

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरूसँग समझदारी

२४ बैशाख २०८१, सोमबार

पोखरा । पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको हो । समझदारीमा महानगरपालिका र पोखरा विश्वविद्यालय सहित उल्लेखित क्याम्पसहरू बिचमा व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा जानकारी प्रदान […]

पोखराको सुन्दर गाउँ अर्मलाकोटमा संगम सहकारीको तेस्रो समिक्षा बैठक

२४ बैशाख २०८१, सोमबार

 पोखरा ।  पोखराको राम बजारमा प्रधान कार्यालय र न्यूरोडमा सेवा केन्द्र रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले आन्तरिक पर्यटनलाई बढावा दिने उदेश्यका साथ संस्थाको तेस्रो समिक्षा बैठक पोखराकै वडा नम्बर १६ स्थित सुन्दर गाउँ अर्मलाकोटमा सम्पन्न गरेको छ । पहिलो दिन साँस्कृतिक कार्यक्रम र दोस्रो दिन कार्यालय प्रमुख बृहस्पति अधिकारीले राख्नुभएको संस्थागत प्रस्तुति सहितको […]