स्वदेशमै सम्भावना देखेपछि विदेश मोह त्याग्दै युवा
–वासुदेव पौडेल
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मेलाचेका २८ वर्षीय राहुल क्षेत्री आफ्नो अमेरिकाको पढाइ सकेपछि अहिले घान्द्रुक–घोरेपानी पदयात्रा मार्गअन्तर्गतको टाढापानीमा होटेल सञ्चालन गर्दैआउनु भएको छ ।
अध्ययनका लागि विदेशिएका युवा उतै भासिने गरेको वास्तविकतामा क्षेत्री भने स्वदेशकै सम्भावनालाई उपयोग गर्नुपर्ने सोचका साथ आफू नेपाल फर्किएको बताउनुहुन्छ । मेकानिकल इञ्जिनीयर विषयमा अमेरिकामा पाँच वर्ष अध्ययन सकेलगत्तै नेपाल फर्किएको बताउँदै उहाँले त्यहाँका विभिन्न अनुभवलाई यही उपयोग गर्ने बताउनुभयो ।
“यहाँको जीवन वास्तवमै खुशी र सुखी छ, विदेशमा गरेजस्तै श्रम यहाँ गर्ने हो भने प्रत्येकले राम्रोसँग जीवनयापनका साथै वचत पनि गर्न सक्छ, जुन विदेशमा कठिन छ”, उहाँले भन्नुभयो । विदेशमा दुःख गरेर कमाए पनि त्यो त्यही खान र बस्न ठिक्क हुने उहाँको अनुभव छ । नेपालमा प्राङ्गारिक उत्पादनका प्रचूर सम्भावना रहेको बताउँदै उहाँले यहाँका खाली जग्गा र फाँटमा विभिन्न जातका तरकारी तथा फलफूल लगाएर आम्दानी गर्न सकिने बताउनुभयो ।
आफूले टाढापानीमा सञ्चालन गरेको होटेल पानोरमा पोइन्ट एण्ड रेस्टुरेन्टमा दैनिक ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उहाँले बताउनुभयो । पदयात्रा पर्यटन क्षेत्रमा युवाका लागि धेरै सम्भावना छ । पदयात्रा गर्ने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरेको उहाँको होटेलमा ४५ बेड छ । “पदयात्राको मुख्य याममा मागअनुसार पर्यटकलाई कोठा पु¥याउनै सकिँदैन,” उहाँले भन्नुभयो । पछिल्लो समयमा पदयात्राका लागि बढ्दै गएको आन्तरिक पर्यटकको आकर्षणका कारण होटेलमा बाह्रै महीनाजसो पर्यटक भरिने गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समयमा पदयात्रा क्षेत्रका विभिन्न स्थानमा युवा होटल व्यवसायमा लागेका छन् । पदयात्रा मार्गकै बनठाँटी हिलमा सनराइज लज सञ्चालन गर्दै आएकी प्रियङ्का गुरुङ पदयात्रामा आन्तरिक पर्यटक बढेजस्तै होटेल तथा व्यवसायमा युवा सक्रियता पनि उत्तिकै बढिरहेको बताउनुहुन्छ । अन्नपूर्ण सेरोफेरोअन्तर्गतका पदयात्रा मार्गमा आयआर्जनका धेरै विकल्प रहेको अर्का स्थानीयवासी वनवीर गुरुङले बताउनुभयो ।
रोजगारीको खोजीमा विदेशिने युवाका लागि यहीँ नै धैरै सम्भावना रहेको बताउँदै उहाँले यस क्षेत्रमा चौरीपालन पनि आयआर्जनको ठूलो विकल्प भएको उल्लेख गर्नुभयो । “मैले झण्डै २१ वर्षयता चौरीपालन गर्दै आएको छु, यसबीचमा अधिकतम ४८३ वटासम्म चौरी पालेँ”, उहाँले अनुभव सुनाउनुभयोे, “चौरीपालनका धेरै सम्भावना छन्, युवालाई यसतर्फ आकर्षित गर्न अझै सकिएको छैन ।”
सरकारले युवालाई स्वदेशमा नै आकर्षित गर्ने वातावरण तयार गर्नुपर्नेमा उहाँको जोड छ । पदयात्रा पर्यटनका क्षेत्रमा काम गर्दै आएको संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान)मा क्रियाशील पदाधिकारी तथा सदस्य विभिन्न कार्यक्रमका क्रममा विदेश गए पनि त्यहाँका अनुभवलाई लिएर विदेश मोह त्याग्दै स्वदेशमै फर्की काम गर्ने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।
उहाँका अनुसार पदयात्रा पर्यटन क्षेत्रमा विदेशभन्दा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोच युवामा बढ्दै गएको छ । नेपालको पदयात्रा पर्यटनमा प्रचूर सम्भावना रहेका कारण युवा शक्तिलाई आकर्षित गरी आय आर्जन गर्ने अवस्था निर्माणमा सरकारको पनि महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ । (तस्बीर उपलब्ध छ)
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ ः उपप्रमुख गुरुङ
११ चैत्र २०७९, शनिबार -
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
८ चैत्र २०७९, बुधबार -
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
८ चैत्र २०७९, बुधबार -
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
७ चैत्र २०७९, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ ः उपप्रमुख गुरुङ
पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन […]
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
पोखरा । पोखरामा पाल्पाको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्ने पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महल सहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । पाल्पा र कास्कीमा उत्पादित माैलिक उत्पादन तथा साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उदेश्यले […]
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
पोखरा ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व ह’ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले […]
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
हेमजा । यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, […]
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
पोखरा। अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल , सचिवमा प्रल्हादचन्द्र घिमिरे , कोषाध्यक्ष चन्द्रिका घिमिरे अनिता चयन भए । संघको सदस्यहरुमा निरज बसौला ऋषिराम दाहाल […]
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक परेको छ । उहाँका पिता चन्द्रप्रसाद पन्थको ८४ वर्षको उमेरमा सोमबार विहान ५ बजे व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीबराह स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि दमबाट पीडित हुनुन्थ्यो । पन्थले तनहुँ जिल्लामा शिक्षा क्षेत्र, समाज सेवा र धार्मिक क्षेत्रमा […]
पोखरा र घोराही उपमहानगरवीच अनुभव आदान प्रदान
पोखरा ।पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गर्नुभयो । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र […]
प्रेस सेन्टर कास्कीको साधारणसभामा पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड
पोखरा । पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ ।प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार […]
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली […]
रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने
कास्की । राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । […]
Leave a Reply
You must be logged in to post a comment.