अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर–३’ यतिबेला छायांकनमा छ।
केही दिनअघि उक्त फिल्मका २ गीत मनाङमा छायांकन गरिएको थियो। प्रतीक अधिकारी र आशिष अविरलको स्वरमा रहेको गीतमा फिल्मका मुख्य कलाकारहरु अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ। फिल्म युनिटले यही गीत छायांकन स्थलका केही तस्बिर सार्वजनिक गरेको छ।
जसमा नायक अनमोल केसी र सुहाना थापालाई रोमान्टिक मुडमा देख्न सकिन्छ। तस्बिरमा उनीहरु निकै बोल्ड अवतारमा प्रस्तुत छन्। सुहाना अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमारकी छोरी पनि हुन्। उनको यो डेब्यु अभिनय हो।
निर्माण युुनिटका अनुसार फिल्ममा अनमोलले एक सेलिब्रेटीको भूमिका निर्वाह गरेका छन् भने सुहाना फ्यानको रुपमा प्रस्तुत छिन्। जसलाई युनिटले म्युजिकल लभस्टोरीको कथा भन्दै आएको छ।
फिल्ममा केसी र थापासँगै सलोन बस्नेत, अर्पण थापा, रवीन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ। आउँदो चैत २९ गतेका लागि प्रदर्शन मिति तय भएको फिल्मको बाँकी छायांकन बुधबारबाट पोखरामा हुँदै छ।