ललितपुरको पाटन संग्राहलयमा एक हप्ते एकल माक्र्स प्रदर्शनीमा राखिएको छ । कलाकार सुरज शाक्यले निर्माण गरेका ६ इञ्चदेखी १८ इञ्चसम्मका ५१ वटा मास्क हरु उक्त प्रदर्शनीमा राखिएका छन् । पुरातन शैलीका मास्क देखी समयसामयिक रुपमा चलेका विभिन्न प्रकारका मास्क हरु मण्डला, सिंह, भैरव आदि उक्त प्रदर्शनीमा राखिएका छन् ।
बरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले गत शुक्रबार उद्घाटन गर्नुभएको उक्त प्रदर्शनीलाई ख्वापाः द मास्क नाम दिइएको छ ।
सन् १९९८ प्रथम नेपाल भ्रमण बर्षमा पहिलो पटक केही मास्क प्रदर्शनी गरेका कलाकार शाक्यले त्यसपश्चात् निर्माण गरेका मास्कहरु पहिलो पटक एकल प्रदर्शनीमा राखिएका छन् ।
बुवा पूर्णरत्न शाक्य मास्क बनाउने थोरै कालिगडमा गनिएको तर उहाँको पुस्तापछि मास्कसम्बन्धी हस्तकला हराउने डरले पनि यो कलामा लागिपरेको कलाकार शाक्यले बताए । चित्रकला, काष्ठकला लगायता कलाहरुको प्रदर्शनी हुने गरेको तर मास्कसम्बन्धी प्रदर्शनी नभएकोले मास्क प्रदर्शनीमा राखिएको शाक्यको भनाई थियो । उक्त प्रदर्शनी आगामी सोमबार सम्म चल्नेछ ।