पोखरा ,कास्कीकोअन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले अन्नपूर्ण क्षेत्रमा घुम्न आउने नेपाली आन्तरिक पर्यटक हरु संग कर उठाउन थालेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन ।आक्रोशित स्थानीयहरुले आईतबार बीरेठांटी स्थित चेकपोस्टमा तालाबन्दी गरेका छन । यसैगरी अन्नपूर्ण ७ तान्चोककोट गाउँको पोथना चेकपोस्टमा पनि ताला लगाउने तयारी रहेको स्थानीय हरिमान गुरुङ्गले बताएका छन । सदियौ देखि स्थानीयले संरक्षण गरिराखेको प्राकृतिक श्रोत,साधन, जंगल को नाममा एउटा गैरसरकारी संस्थाको नाउँ बाट रकम असुल्नु दुखद बिषय भएको स्थानिय टेक बहादुर गुरुङ्ग ले बताए ।कर मात्र उठाउने तर बिकास निर्माणका नाममा केही काम नगरेका कारण स्थानीय अन्नपूर्ण संरक्षण क्षेत्र प्रति रुष्ट भएका हुन ।