लेखनाथको सस्कृति स्थानीय उत्पादन विकास र संवृद्धी भन्ने मूल नाराका साथ पुस ५ गतेदेखी १६ गतेसम्म पोखरा महानगरपालिका तालचोकमा हुने महोत्सवका लागि स्थायी पास विक्रि आईतबार देखि खुल्ला भएको छ ।
१२ दिनका लागि एउटै पासले काम गर्ने गरि तयार पारिएको स्थायी पासको विक्री वितरण सुरु गरिएको संघका उपमहासचिव एंवम् प्रचार प्रसार संयोजक गोपिचन्द्र वास्तोलाले जानकारी दिए। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना र विभिन्न संघ सस्थाको सहयोग र सहभागितामा हुन लागेको १५ औं सस्करणको लेखनाथ महोत्सवका लागि स्थायी पास विक्रि खुल्ला गरिएको हो ।
फोटो सहितको स्थायी पासका लागि खरिद कर्ताले रु दुइ सय ५० मात्र तिरे हुने गरि ब्यवस्थापनका लागि लेखनाथ सामुदायिक सेवा केन्द्रले कामलाई अगाडी वढाएको सेवा केन्द्रका अध्यक्ष रमेश ओझाले बताए ।
लेखनाथ महोत्सवको प्रबेश टिकट मु।अ।कर सहित साधारणका लागि रु ६० र विद्यार्थी सहुलियतमा रु ४० र रात्रि कन्र्सटका लागि रु १०० तिर्नु पर्ने ब्यबस्था भए पनि स्थायी पास बनाउन चाहानेले एक मुस्ठ रु दुई सय ५० तिरेपछि महोत्सव अबधिभर मेलाको अध्ययन अबलोकन गर्न पाउने ब्यवस्था मिलाईएको संघका बरिष्ठ उपाध्यक्ष बलराम ढकालले बताए।
महोत्सवको पनि महोत्सवका रुपमा चिनिदै आएको लेखनाथ महोत्सव अन्तरगत राखिएका विद्यालय स्तरिय एकल नृत्य प्रतियोगिताको पहिलो अडिसन पनि पुस ३ गते र गण्डकी तारा ‟गायन” विधाको पहिलो चरणको छनोट कार्यक्रम पुस ४ गते र नै हुने प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेल र उपेन्द्रराज सुवेदीले जानकारी दिए ।