ग्राण्डी अस्पतालले निःशुल्क ’स्तन क्यान्सर परीक्षण गर्ने

0
606

धापसीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सिन्धुपाल्चोकको मेलम्चीमा निःशुल्क स्तन क्यान्सर परीक्षण तथा हाडजोर्नी शिविर आयोजना गर्ने भएको छ ।

संयुक्त अरब इमिरेट्सको नेपालस्थित राजदूताबास तथा सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा यही मङ्सिर २९ गते शनिबार एक दिने शिविर सञ्चालन गर्न लागिएको अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले जानकारी दिनुभयो ।

शिविरमा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको नेतृत्वमा, कन्सल्ट्यान्ट चेष्ट, ब्रेष्ट तथा थाइराइड सर्जन प्रा.डा. प्रकाश सायामी र कन्सल्ट्यान्ट जिआइ तथा ब्रेष्ट सर्जन डा. साधुराम पाण्डेसँगै डाक्टर, नर्स तथा प्यारामेडिकसहितको टोलीले सेवा दिने अस्पतालले जनाएको छ ।