मञ्चमा ‘लिलामे माइलो’

0
874

राजधानीको थापागाउँस्थित  कुञ्ज थिएटरमा लोक नाटक ‘लिलामे माइलो’ मञ्चन भइरहेको छ।

मौलिक कथा वस्तुमा आधारित यस नाटकले ग्रामीण जनजीवनको संस्कृति तथा रहनसहनलाई समेटेको छ।

मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङको मगर समुदायलाई आधार बनाएर नाटक तयार पारिएको छ।

परिवारमा हुने सामान्य मनमुटावले निम्त्याउने समस्यालाई नाटकमार्फत देखाउन खोजिएको निर्माता राजाराम गौतमले बताए। नाटकका पात्रहरूको अभिनयले कथालाई जीवन्त बनाएको दर्शकहरूको आंकलन छ।

प्रभावकर न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा सलमान खान गुरुङ(माइला), निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), विरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), संजिव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु), विरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), संगीता थापा, सुनिल मगर(झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउले), पारुहागं राई (बनकाँडे) लगातयका कलाकारले भूमिका निभाएका छन्।

मंसिर १४ बाट सुरु भएको नाटक पुस ७ गतेसम्म मञ्चन हुने निर्माता गौतमले बताए।

नाटक हरेक दिन ४ः३० बजे र सार्वजनिक विदाको दिन भने दिउँसो १ बजेदेखि मञ्चन हुने निर्माण टिमले बताएकाे छ।