भवानी अधिकारी
स्याङ्जा ,नेपाल इन्जिनियरिङ एशोसियशनभित्रको आर्थिक पारदर्शिता, महिला इन्जिनियरका लागि क्षमता अभिबृद्धि सम्बन्धी बिभिन्न प्रशिक्षण, एशोसियशन अन्र्तगत सम्पूर्ण इन्जिनियरका भलाई कोषको स्थापना र एशोसियशनको कोष बृद्धि’ आफना प्रमुख एजेण्डा रहेको बताउछिन इन्जिनियर सरला श्रेष्ठ ।
कास्की पोखरामा जन्मेकी श्रेष्ठले बिस २०५९ सालमा बी.ई. उत्तीर्ण छन् । पश्चिमाञ्चल इन्जिनियररिङ् क्याम्पसबाट सिभिल इन्जिनियरिङ बिषयमा स्नातक गरेकी हुन उनले । कास्कीमा जन्मेका श्रेष्ठ हाल जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा स्याङजामा कार्यरत छन् । यूनिभर्सल इन्जिनियरिङ कन्सल्टेन्सीका प्रवन्धक समेत रहेकी श्रेष्ठ मंसीर २८ मा हुन गइरहेको चुनावी प्रतिस्पर्धामा गण्डकी प्रदेश कोषाध्यक्ष पदमा उम्मेदवार दिएकी छन् । प्रदेशकै पदाधिकारी मध्येका एक्ला महिला उम्मेदवार ३२ बर्षिया श्रेष्ठ नेपाल इन्जिनियरिङ एशोसियशन अन्र्तगत लोकतान्त्रिक समूहतर्फका उम्मेदवार हुन ।
नेपाल इन्जिनियरिङ् एशोसियशनको चुनावको तिथी जति नजिकिदै छ । त्यती नै जिल्लामा पनि चुनावी गरगर्मी बढीरहेको छ । संघीयताको कार्यान्वयनसंगै पहिलो पटक हुन गइरहेको प्रादेशिक संरचना अनुरुपको इन्जिनियरिङ एशोसियशनको चुनावले यस क्षेत्रलाई त आर्कषित बनाउने नै भयो अन्य क्षेत्रलाई समेत जागरुक बनाएको छ ।
प्रदेशिक संरचना अनुसार इन्जिनियरिङ एशोसियनको चुनावका लागि उम्मेद्धारी करिव एक महिना अघि भएको हो । गण्डकी प्रदेशमा १ हजार २ सय ७० मतदाता मध्ये झण्डै ८० भन्दा केही बढी महिला इन्जिनियर मतदाता छन् । स्याङजामा पनि झण्डै ८० जना मतदाता छन् ‘१६ जनाको कार्यसमिति मध्ये गण्डकी प्रदेशमा ४ महिला मात्र उम्मेदवार हुने अवसर पाएका छन । उम्मेदवार श्रेष्ठले भनीन्— ती मध्ये २ लोकतान्त्रिक र २ प्रगतिशिल समुहबाट छन । हामीबीच कुनै अस्वस्थ प्रतिस्पर्धा हुनेछैन ।’
गण्डकी प्रदेश कोषाध्यक्ष श्रेष्ठले भनीन् सबै भन्दा पहिला हामी इञ्जिनियर बन्न सक्नुपर्छ । न की कुनै राजनीतिक दलको उम्मेदवार बनेर होइन । समुह त एउटा माध्यम हो । यसलाई चुनावसम्म मात्र सिमित राख्नुपर्दछ । चुनावपछि जो जसलाई जुन जुन पदीय जिम्मेवारी आउछन ती सबैको साझा बन्नु पर्छ । त्यसैले पनि म यो समुह त्यो समुह नभनि समग्र इन्जिनियरहरुको पेशागत हक हित र अधिकारको निम्ती आवाज उठाइरहनेछु ।’
पछिल्लो समयमा महिला इन्जिनियरको संख्या केही आशालाग्दो देखिएता पनि निर्णयक तहमा महिलाको उपस्थिती कम छ । जबसम्म निर्णायक तहमा महिला पुग्न सक्दैनन् । तबसम्म हाम्रो समाज समावेशी बन्न सक्दैन ।’ उम्मेदवार श्रेष्ठले थपिन नेइएको गण्डकी प्रदेशको कोषाध्यक्ष पदमा रहेर यसपटक काम गर्ने अवसर दिनुहोस् ।