११ महीनामा १० लाख भन्दा बढि पर्यटकद्धारा नेपाल भ्रमण

0
804

 

नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ महीनामा १० लाख नाघेको छ । सन् २०१८ को जनवरीदेखि नोबेम्बरसम्मको पर्यटन आागमन तथ्याङ्क अनुसार १० लाख भन्दा बढि पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको तुलनामा १७ प्रतिशतले बृद्धि भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यो संख्यामा गत एक महिनायता स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या समावेश गरिएको छैन । नेपालले लामो समयदेखि प्रतीक्षा गर्दै आएको १० लाख पर्यटक संख्या यो वर्ष पूरा भएको बोर्डको धारणा छ । बोर्डको तथ्याङ्क अनुसार यो अवधीमा कुल १० लाख १ हजार ९ सय ३० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
पर्यटक आगमनमा छिमेकी मुलुक भारत पहिलो र चीन दोस्रोमा छन् । भारतबाट अक्टोबर महिनामा मात्रै ११ हजार ५ सय ६६ र नोबेम्बरमा १६ हजार १ सय ६७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीदेखि नोबेम्बरसम्म १ लाख ७८ हजार १ सय ३० जना भारतीय पर्यटक नेपाल भ्रमण गरेका छन् । गत वर्ष यो अवधीमा भारतबाट १ लाख ४४ हजार ३ सय ७९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तै सोही अवधिमा चीनबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १ लाख ३४ हजार ३ सय ५२ रहको छ । गत वर्ष यो संख्या ९३ हजार ६ सय ५४ थियो ।
नेपालमा घुम्न आउने विदेशीमा अमेरिकी नागरिक तेस्रो स्थानमा छन् । अमेरिकाबाट यो अवधीमा २ हजार ८ सय ७० पर्यटक नेपाल घुम्न आएका छन ्। गत वर्ष अमेरिकाबाट ७३ हजार ६ सय ५० अमेरिकी नेपाल घुम्न आएका थिए । यस्तै बेलायतबाट ५७ हजार ५ सय ५५ जना पर्यटक नेपाल घुम्न आएका छन् । गत वर्ष यो संख्या ५० हजार ६ सय ५२ थियो । बढि पर्यटक नेपाल भ्रमण गर्न आउने मध्ये जर्मन पाचौँ स्थानमा छ । जर्मनबाट यो वर्ष ३४ हजार ४ सय ७९ जना पर्यटक नेपाल आएका छन्,गत वर्ष २ हजार ७ सय २ जना जर्मन नागरिकले नेपाल भ्रमण गरेका बोर्डको तथ्याङ्कमा उल्लेख छ । नेपालले अन्तराष्ट्रिय क्षेत्रमा गरेका विभिन्न प्रर्वद्धानत्मक कार्यक्रमको कारण तथा पछिल्ले नेपालको स्थिर राजनीतिको कारण पर्यटक आगमन बढ्दै गएको छ ।