काहुँ महोत्सवको सम्पूर्ण तयारी पूरा ,मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने

२७ मंसिर २०७५, बिहीबार

 

हुन त काँहु आफैमा राम्रो छ , तर यतिबेला काँहुबासीले दुलहि झै चिटिक्क सिँगारेका छन । पोखराको काहुँडाँडालाई पर्यटकीय केन्द्र बनाउने उद्धेश्यले भोली देखि शुरु हुन लागेको   काहुँ महोत्सवको अबसरमा स्थानीयले काँहुलाई दुलही झै चिटिक्क सिँगारेका हुन । महोत्सबको सम्पुर्ण तयारी पुरा भएको छ ।  महोत्सवको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक समितिका सदस्य बसन्त कोइरालाले जानकारी दिए। ।
स्थानीय जनकल्याण क्लब तथा फूलबारी क्लबको आयोजनामा काहुँलाई ब्राण्डिङ गर्ने उद्धेश्यले ‘काहूँ दृश्यावलोकनको एक गन्तव्य’ भन्ने नारासहित महोत्सव गर्न लागेको हो ।
महोत्सव स्थल काहुँबाट पोखरा बजार, अन्नपूर्ण र माछापुच्छ«े हिमश्रृङ्खलाका साथै सूर्योदय र सूर्यास्तको मनोरम दृश्य हेर्न सकिन्छ । अझ त्यहाँ बनाइएको धरहराबाट यी दृश्य अवलोकन गर्दा रमाइलो अनुभव हुन्छ । तत्कालिन अञ्चलाधीश नन्दबहादुर मल्ल र सामाजिक अभियन्ता स्व। मेजर वीरसिँह गुरुङको सकृयतामा वि।सं। २०२६ मा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत र पाल्पा, अन्नपूर्ण तथा माछापुच्छ«े हिमश्रृङखला नजिकबाट दृश्यावलोकन गर्ने मिल्ने गरि धरहरा निर्माण गरिएको थियो ।

Leave a Reply