पोखरा ,ग्रीन डेभलपमेन्ट बैंक लि ले शुक्रबार देखी एकै दिन चार शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ्ग बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा शाखा विस्तार गरेको हो । बाग्लुङ्गमा केन्द्रिय कार्यालय रहेको क्षेत्रियस्तरको यस ग्रीन डेभलपमेन्ट बैंङ्गले आफ्नो कार्य क्षेत्र भित्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।नयाँ खोलेका शाखाहरु सहित बैंङ्गको शाखा संख्या ८ पुगेको छ भने थप ३ वटा शाखा छिट्टै खोल्ने क्रममा रहेको बैंङ्गका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताउनुभयो ।
बैंङ्गले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । बैंङ्गले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको छ । बैंङ्गको प्रधान कार्यालय वागलुङ एवं बेनी शाखाबाट सुन चाँदी धितोमा कर्जा उपलब्ध गराउँदै आएकोमा निकट भविष्यमा थप शाखाहरुमा समेत यो सुविधा विस्तार गर्दै लैजाने वैेकको योजना रहेको वताइएको छ ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.