काठमाडौं ,नेपाली कांग्रेसका पूर्व जिल्ला सभापतिहरुले पार्टीको विधान संसोधन गर्दा तल्लो तहका नेता कार्यकर्तालाई ध्यान दिनु पर्ने बताएका छन ।
राजधानीको बागबजार स्थित एक होटलमा बिहिबार पूर्व जिल्ला सभापतिहरुको बैठक बसेको थियो । बैठकमा करिब ३० जना पूर्व जिल्ला सभापतिहरु सहभागी थिए ।
उनीहरुले पार्टीको विधान संसोधनका क्रममा केन्द्रका नेताहरुको स्वार्थ बढी केन्द्रित भएको तर जिल्ला तहका कार्यकर्ताका विषयमा भने केन्द्रिय समिति बैठकमा खासै विषयले प्रवेश नपाएको गुनासो गरेका छन ।
विगतमा आफूहरु जिल्लाको नेतृत्वमा रहेको अवस्था र हालको पार्टीको अवस्था निकै खस्कदो भएको भन्दै उनीहरुले पार्टीलाई जग देखि नै बलियो बनाउनु पर्ने आवश्यकता समेत औंल्याए ।
काठमाडौं कांग्रेसका पूर्व सभापति भीमसेनदास प्रधानले व्यवस्थापन गरेको सो बैठकमा कास्कीका पूर्व सभापति यज्ञबहादुर थापा, धादिङ पूर्व सभापति रामनाथ अधिकारी, दोलखा पूर्व सभापति ताराबहादुर कोइराला, भोजपुर पूर्व सभापति तारामान गुरुङ, काभ्रे पूर्व सभापति शिव हुँमागाई सहितका पूर्व सभापतिहरु सहभागी थिए ।
बैठकमा पूर्व जिल्ला सभापतिहरुको साझा मञ्चको गठनका विषयमा पनि नेताहरु बीच छलफल भएको काठमाडौं कांग्रेसका पूर्व सभापति प्रधानले जानकारी दिए ।
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.