राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

१२ बैशाख २०८१, बुधबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ एक रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । सो रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, […]

अमेरिका भ्रमण त्यागेर गृहजिल्लामा महिला मन्त्री भगबती चाैधरी

२७ फाल्गुन २०८०, आईतवार

इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीका लागि भने अमेरिका भन्दा आफ्ना मतदाता महत्वपूर्ण भए । यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने […]

सङ्घीयता सिक्न सातै प्रदेशका सांसदहरू अमेरिका

२५ मंसिर २०८०, सोमबार

  नेपालको सङ्घीय संरचनालाई संस्थागत गर्न र प्रदेश संरचनालाई मजबुत बनाउने उद्देश्यले नेपालका सातै प्रदेशका सांसदहरू सङ्घीयता सिक्न अमेरिका गएका छन् । हरेक प्रदेशबाट १–१ जना सांसद छानेर अमेरिकी विदेश विभागले अमेरिका लगेको हो । भ्रमणमा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङसहित कोशी प्रदेशका बाबुराम गौतम, बागमतीका अमनकुमार मास्के, कर्णालीकी सन्तोषी शाही छन् । यस्तै, सुदूरपश्चिम प्रदेशकी ललिता […]

कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काको आग्रह

१५ मंसिर २०८०, शुक्रबार

काठमाडौ ।    कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले सर्वसाधारण जनसमुदायलाई कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा […]

१२ सय परिवारलाई पुग्ने त्रिपाल लिएर रूकुममा उपप्रधानमन्त्री खड्का

२५ कार्तिक २०८०, शनिबार

 काठमाडौँ  ।  उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडित परिवारका लागि राहत लिएर आज रुकुम पश्चिम पुग्नुभएको छ । करिब एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उहाँ आज विहान सुर्खेत विमानस्थलबाट प्रभावित क्षेत्र पुग्नुभएको हो । यही कात्तिक १७ गते जाजरकोट केन्द्र भइ भूकम्प गएयता उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा सक्रिय हुनुहुन्छ । स्थानीय […]

७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफु कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री पाण्डे

१२ आश्विन २०८०, शुक्रबार

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जि) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन […]

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ  : कार्यबहाक प्रधानमन्त्री खड्का

१० आश्विन २०८०, बुधबार

 सुर्खेत  । कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताउनु भएको छ । उहाँले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको बताउँदै निजामति कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारी सरकार रहेको बताउनु भयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ भएर लागिपरहेको छ,’ बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार […]

मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा

२४ भाद्र २०८०, आईतवार

 काठमाडौँ ।   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ । पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीन दिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उहाँले बिपी आफैमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, […]

देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति

३० श्रावण २०८०, मंगलवार

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताउनुभएको छ । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको व्यवस्थापन गोष्ठिमा बोल्दै मन्त्री डा. महतले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताउनु भयो । आन्तरिक उत्पादन बढाउनका […]

गण्डकी सरकारको सय दिन  :प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित

२० श्रावण २०८०, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक सय दिनको अवधीमा प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताएका छन् । २०८० बैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश सरकारले शनिवार सय दिन पुरा गरेको छ । सय दिनको अवधीमा सरकारले गरेका काम सार्वजनीक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]