अबको दशक विकास र समृद्धिमा विताउने :पुष्पकमल दाहाल

१ पुष २०७५, आईतवार

सीता डोटेल

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक शक्तिहरुले अबको एक दशक विकास र समृद्धिमा विताउने संकल्प गरेको बताएका छन् । दशक–दशकमा नेपालमा ठूला परिवर्तन हुने गरेको भन्दै दहालले राजनैतिक दलहरुले अबको दशकलाई विकास र समृद्धिको रुपमा लिएको बताएका हुन् । पाल्पाको रामपुरमा आइतबार रामतुल्सी माविको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले अब छिट्टै सरकारको कामले प्रभावकारिता लिने बताउनुभयो । बिद्यालयको स्वर्ण जयन्तीका अबसरमा स्वर्ण स्मारक अनावरण तथा स्वर्ण स्मारिका समेत बिमोचन गरेका दाहालले हामी जनताको पक्षमा काम गरिरहेका छौ दाहालले भन्नुभयो– त्यसमा सबैले साथ दिएर जानुपर्छ । परिवर्तनका लागि भएको एक दशकको युद्ध शान्तिमा रुपान्तरित भयो, एक दशक शान्ति प्रक्रियालाई टुङ्गो पु¥याई संविधान निर्माण गरी निर्वाचन मार्फत स्थिर लोकतान्त्रीक प्रणाली स्थापित गर्न वित्यो, उहाँले भन्नुभयो– अबको एक दशक विकासमा र समृद्धिमा विताउने राजनैतिक शक्तिहरुले संकल्प गरेका छौं ।’ समृद्धिको अभियानमा सबैलाई सामेल हुन आह्वान गर्दै रामपुर क्षेत्रमा आउने अठोट अहिले पुरा भएको बताउनुभयो । नमुना शहरको रुपमा बनोट प्राकृतिक सौन्दर्य र ऐतिहासिक पौराणिक महत्वको भुमिमा पर्यटन प्रबद्र्धन गर्न जरुरी रहेको बताउदै उहाँले २ वटा महत्वपुर्ण प्रतिवद्धता को घोषणा गर्नुभयो । रामपुरमा आगिंक कृषि क्याम्पस बनाउने उहाँले प्रतिबद्धता गर्नुभयो । कालीगण्डकी करिडोरको काम हुदैछ उहाँले भन्नुभयो कालीगण्डकीमा रोकिएको पक्की पुल निर्माण कार्य तत्काल गर्न तपाईको रोकिएको पुल निर्माण गर्न पुरै सहयोग गर्ने दोस्रो प्रतिबद्धता गर्छु दाहालले भन्नुभयो ।
कार्यक्रममा पूर्व अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले राष्ट्रिय गौरवका आयोजनाहरुका लागी अरबौको बजेट विनियोजन भई टेण्डर भएको जानकारी दिदै यस क्षेत्रका योजनाहरु सपनामा नभई जिवनको यथार्थको रुपमा विकसित गर्नका लागि आफ्नो निरन्तर साथ रहने बताउनुभयो । उहाँले रामपुरलाई कंक्रिटको जंगल नभई आधुनिक र व्यवस्थित शहरमा विकास गर्नका लागि प्रयास रहने बताउनुभयो । क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सांसद दल बहादुर रानाले रामपुर क्षेत्रको विकासमा सरकारले ध्यान दिएको बताउनुभयो । यहाँको व्यवस्थित विकासमा यहाँका राजनितिक दल लाग्नुपर्ने बेला भएको उहाँले तर्क गर्नुभयो । नेपाल सरकारका पुर्व सचिव शान्ता बहादुर श्रेष्ठले कालीगण्डकी उपत्यकाको विकासका लागि एक भएर राजनितिक दल हिडेको बताउदै अब स्वच्छ मनले यस उपत्यका बनाउन लाग्नुपर्ने बताउनुभयो । रामपुर क्षेत्रको विकासको अवस्था र आगामी योजनाको बारेमा जानकारी गराउँदै रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाले जनता संग प्रत्यक्ष सरोकार राख्ने भए पनि स्थानिय सरकार अझै ऐन मै अल्झिनु परेको बताउनुभयो । नगर प्रमुख थापाले बिभिन्न माग सहित नगरपालिकाको तर्पmबाट प्रचण्डलाई ध्यानाकर्षण पत्र प्रदान गर्नुभयो ।
रामतुलसी माविका प्रध्यानाध्यापक बालकृष्ण लम्सालले बिद्यालयको भौतिक तथा ५ करोड ४३ हजार बढीको बार्षिक आर्थिक कारोबार रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । बिद्यालयले स्वर्ण महोत्सवको अबसरमा संस्थापक, पुर्व अध्यक्ष, प्रध्यानाध्यापक, तथा सहयोगी चन्दादाता गरि १ सय १६ जनालाई सम्मान गरेको छ ।
पूर्वी पाल्पाकै ठूलो र धेरैलाई शिक्षा प्रदान गरेको यस विद्यालयमा उच्च शिक्षातर्फ व्यवस्थापन, विज्ञान तथा तीनवर्षे कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता, सहायक प्रअ भेषराज अर्यालको स्वागत तथा शिक्षक लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा कार्यक्रम चलेको हो । सोही अबसरमा बिद्यार्थीले रमाइलो सांगितिक कार्यक्रम देखाएका थिए ।

Leave a Reply