कास्कीको मादी गाउँपालिकामा चिप्ली होमस्टे संचालन

२ पुष २०७५, सोमबार

कास्कीको मादी गाउँपालिका स्थित प्रख्यात गुरुङ्ग गाउँ चिप्लीमा होम स्टे संचालन गरिएको छ  ।  होमस्टेको माध्यमबाट स्थानियस्तरमा स्वरोजगारको अवसर सिर्जन गर्न, स्थानिय कला र संस्कृतिको जगेर्ना  र प्रचारप्रसार गर्ने उदेश्यले होमस्टे संचालन गरिएको होमस्टे ब्यबस्थापन समितिका अध्यक्ष धन कुमारी गुरुङ्गले जानकारी दिइन । असला माछाको स्वाद संगै अर्गाननिक खानाका साथमा सस्तो ,स्वच्छ शान्त वाताबरणमा रमाउनका लागि हामस्टे उपयुक्त गन्तब्य भएको सिद्ध युवा क्लबका अध्यक्ष बिशाल गुरुङ्गले पोखरा पोष्टलाई जानकारी दिए ।   कलात्मक घर र गुरुङ्ग संस्कृति संगै अन्नपुर्ण हिमालको काखमा अवस्थित यो गाउँले दिनानुदिन पर्यटकलाइ  लोभ्याउदै गएको छ । होमस्टे ब्यबस्थापन समितिले पाहुनाहरुलाई सहजिकरणका लागि स्थानिय गाइडको पनि ब्यबस्था गरेको छ ।  कला र संस्कृतिको जगेर्नाका लागि सांस्कृतिक समुह पनि गठन गरिएको छ । स्वास्थ्य चौकी संग सहकार्य गरि चौबिसै घण्टा स्वास्थ सेवा समेत उपलब्ध गराईएको अध्यक्ष गुङ्गले बताईन । समुन्द्र सतहदेखि १५०० मिटरको उचाईमा अबस्थित यस गाउँमा पोखरा देखि ३२ किलोमिटर को दुरी पार गरेर सजिलै पुग्न सकिन्छ । गाउँमा ८० घरधुरी मध्ये ९० प्रतिशत गुरुङ्ग र बाँकी दलित समुदायको बसोबास रहेको छ । गाउँमा बिगत तीन महिनादेखि ब्यक्तिगत रुपमा शुरुवात गरिएको होमस्टे सामुहिक रुपमा सञ्चालन गर्ने गरि होम स्टे ब्यबसथापन समिति समेत गठन गरि दर्ता समेत गरिएको छ ।मिठास बोली,पाहुनालाई गर्ने संस्कार सत्कार र जिवनशैली र आफ्नो मौलिक भेषभुषामा सजिनु यस होमस्टे को बिशेषता रहेको छ । पर्यटकलाई थप सुबिधा दिन सुचना केन्द स्थापना,पैदलमार्ग बिस्तार ,प्रतिक्षालय म्युजियम हल निर्माण गर्ने योजना रहेको क्लबका अध्यक्ष गुरुङ्गले बताए ।

Leave a Reply