पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखरा विमानस्थलमा भब्य स्वागत

0
1134

पूर्व राजा ज्ञानेन्द्र शाहलाई  पोखरा बिमानस्थलमा भब्य स्वागत गरिएको छ । पूर्वरानी कोमल शाहसंगै बुद्ध एयरको विमानबाट  पोखरा आएका  शाहलाई पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको हो । पुर्बराजाको स्वागतका लागि स्थानीय नागरिक समाजका तर्फबाट ५०१ सदस्यीय समिति समेत गठन गरिएको थियो ।  शाहलाई ओमकार परिवार , राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपाल सहित का राजाबदी र  शुभचिन्तकहरुले फूलमाला र पञ्चेबाजाले स्वागत गरेका थिए ।

पूर्व राजा शाह विमानस्थलदेखि विरौटा चोकसम्म पैदल हिडेर शुभेच्छुकहरुसँग भेटघाट गरेका थिए । उनलाई २१ किलोको मालाले स्वागत गरिएको थियो ।  दुई सातासम्म उनी पोखरामै बस्नेछन् । केही राजनीतिक कर्मीसँग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर उनी काठमाण्डौं फर्कने कार्यक्रम रहेको बताईएको छ ।

शाह निजी भ्रमणका लागि पोखरा आउन लागेका पूर्वराजाका संवाद सचिव डा। फणिराज पाठकले जानकारी दिए । उनको भ्रमणको चाँजोपाँजो मिलाउन भिआईपी टोली केही दिनअघि नै पोखरा आईपुगेको थियो । आउजाउ गर्न गाडी समेत काठमाण्डौंबाटै ल्याईएको छ भने उनको सुरक्षाको टोली समेत काठमाण्डौंबाटै आएका हुन् । उनी निर्मलपोखरीस्थित    माउटेन ग्लोरी रिसोर्टमा  बस्ने जनाइएको छ ।