पोखरा महानगरपालिका मुस्ताङचोकमा रहेको आइल्याण्ड भत्काइएको

0
1088
cfONof08 x6fpb} kf]v/f dxfgu/ kf]v/fsf] d':tfªrf]sl:yt Jo:t ;8ssf] aLrdf efudf /x]sf] cfONof08 x6fpFb} dxfgu/kflnsf . ;f] rf]sdf sDo'lgi6 g]tf :j= lrqaxfb'/ u'?ªsf] cw{sbsf] zflns /x]sf] 5 . t:jL/ M xl/ af:tf]nf, kf]v/f, /f;;

 

 

पोखरा, बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको छ ।

पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको आइल्याण्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीसहितको उपस्थितिमा दुईवटा डोजरमार्प आइल्याण्ड भत्काइएको थियो ।

पोखरा विमानस्थलको नजिकै रहेको आइल्याण्डमा नेपाल क्युनिष्ट पार्टीका नेता स्वर्गीय चित्रबहादुर गुरुङको अर्धकदको सालिक छ । आइल्याण्डलाई सानो बनाएर स्व गुरुङको सालिक सोही स्थानमा राखिने प्रवक्ता सुवेदीले बताउनुभयो ।आइल्याण्ड परिसरमा रहेका सिसौका रुख समेत हटाइनाका साथै पृथ्वीचोक, बिरौटाचोक, जिरो किलोमिटर, अमरसिंहचोक, वीरेन्द्रचोकका आइल्याण्ड यसअघि नै साघुँरो बनाइ सडक फराकिलो बनाइसकिएको छ ।