भोलिदेखि लेखनाथ महोत्सव,अर्थ मन्त्री युबराज खतिवडाले उद्घाटन गर्ने

0
1229

महोत्सवको पनि महोत्सब भनेर चिनिएको लेखनाथ महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । भोली बिहिबार  देखि शुरु हुन लागेको १५औं लेखनाथ महोत्सब  पुस १६ गतेसम्म संचालन हुनेछ।  लेखनाथ उद्योग वाणिज्य संघ साथै  विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा हुन लागेको गण्डकी प्रदेशकै गौरव  लेखनाथ महोत्सवको  अर्थ मन्त्री युबराज खतिवडाले बिहिबार उद्घाटन गर्ने   संघका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए ।
लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नाराका साथ आयोजित महोत्सवले राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउने  आयोजकले जनाएको छ ।
करिव ५० रोपनी क्षेत्रफल भित्र फैलिएको महोत्सव स्थलभित्र कृषि, औद्योगिक उत्पादन, शैक्षिक प्रदर्शनी, सूचना प्रविधी, फुड एण्ड बेभरेज, घरेलु हस्तकला, बैंक तथा वित्तीय संस्था लगायका करिव तीन सय ५० वटा स्टलहरु रहने महासचिव भरतकुमार अधिकारीले बताए । ‘हरेक दिन फरकफरक शैलीका मनोरञ्जतात्मक कार्यक्रमहरु समाबेस गरिएको छ,’ उनले भने, ‘हामीले यसलाई महोत्सवको पनि महोत्सवका रुपमा लिएका छौं ।’
महोत्सवको तीन लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको संघका उपमहासचिव तथा प्रचारप्रसार संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । करिव १५ देखि २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको कोषाध्यक्ष राजेन्द्र ओझाले  बताए ।
महोत्वबाट करिव एक करोड २५ लाख रुपैयाँ आम्दानी हुने र खर्च कटाएर बाँकी हुन आउने रकमबाट महोत्सव स्थल परिसरमा बन्न लागेको कृषि उपज खरिद बिक्री केन्द्र निर्माण, प्रदर्शनी स्थलको स्तर उन्नति र अन्य सामाजिक क्षेत्रमा खर्च गरिने उनको भनाई छ ।
महोत्सवममा कबि शिरोमणि लेखनाथ पौडेलको सम्मानमा देशव्यापी खुल्ला कविता प्रतियोगिता, लुकेको प्रतिभाको खोजी अभियान अन्तर्गत गायन विधाको गण्डकी तारा, राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी, मातृशक्तिको सम्मानमा रत्यौली गीत प्रतियोगिता, युवाहरुको लागि म्युजिक पप कन्सर्ट, विद्यालय स्तरीय नृत्य प्रतियोगिता र स्थानीय उत्पादन तथा कृषि प्रदशनी, शैक्षिक प्रदर्शनी, सूचना प्रविधिलाई समावेस गराइने उपाध्यक्ष बलराम ढकालले   जानकारी दिए ।
सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवले यस वर्ष फरक र भिन्न शैलीबाट गण्डकी प्रदेशको आर्थिक, समाजिक, कृषि र पर्यटनको विकासमा टेवा पु¥याउदै एउटै थोलोमा उत्पादकदेखि उपाभोक्तासम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा आयोजकले गरेका छन  ।